कोपिला शाही/कालिकाेट मंसिर ४ । महिलाहरुमा हुने पर्सव फिस्टुला राेग सम्वन्धि अभिमुखिकरण तथा समन्वयत्मक कार्यक्रम कालिकाेट जिल्लाकाे सदरमुकाम मान्ममा साेमबार अायाेजना गरिएकाे छ । अाइएनएफकाे अायाेजना तथा गैसस महासंघ कालिकाेटकाे समन्वययमा फिस्टुला सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे हाे ।
गैसस महासंघ कालिकाेटका अध्यक्ष बिरेन्द्र बुढाकाे अध्यक्षतामा सञ्चालित कार्यक्रममा अाइएनएफ सुर्खेतका कान्ति शमाले फिस्टुला हुनुकाे कारण,फिस्टुलाकाट महिलामा पर्ने असर,प्रभाव,एसकाे राेक थाम उपचारका बारेमा जानकारी गराएकी छन ।
पर्सव फिस्टुला याेनिसँग सम्वन्धित हुनेभएकाले महिलामा मात्र हुने गर्दछ ।
लामाे र कठिन सुत्केरी ब्याथाका कारणले पिसाव थैली वा पिसाव नली वा अान्द्रामा प्वाल पर्नु फिस्टुला हाे । पर्सव फिस्टुला भएमा महिलाहरु पिसाव नियन्त्रण गर्न सक्दैनन र लगातार रुपमा दिनरात पिसाव वा दिशा बग्ने गर्दछ ।
महिलाकाे याेनिहरुमा चाेटपटक लाग्नु,पिसावथैलिकाे पथ्थरी,पाठेघरकाे मुखकाे क्यान्सरकाे सेकाइ,जबर्जस्ती करणी यसका कारण रहेका छ ।
पर्सव फिस्टुलाबाट बच्नका लागि बालवालिकालाई खानमा विभेद नगरि सन्तुलित अाहारमा ध्यान दिने,२० बर्ष पूरा नगरि बिवाहा नगर्ने र बच्चा नजन्माउने,गर्भवती भएपछि चार पटक जाँच गराउने लगाएत रहेका छन ।
कार्यक्रम समापन कार्यक्रममा गैसस महासंघ जिल्ला अध्यक्ष बिरेन्द्र बुढा,इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्ल,नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष नमराज याेगीले पर्सव फिस्टुलाका बारेमा स्थानीय तहमा समेत अभिमुखिकरण गर्नु पर्नेमा जाेड दिएका थिए ।
कार्यक्रममा पत्रकार,बिकास साझेदार सस्थाका प्रतिनिधि,महिला अधिकारकर्मी पचालझरना गाउँपालिका र खाँडाचक्र नगरपालिकाका सामुदायिक सहजकर्ताहरुकाे सहभागिता रहेकाे थियाे ।





