कालिकाेट । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा कर्णालीबाट एक जना सहमहामन्त्रीसहित १४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
सहमहामन्त्री पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित भएका छन् । कुनै बेला देउवा समूहका नेता शाही कर्णालीका पूर्वमुख्यमन्त्री हुन् । उनी १४ औं महाधिवेशनमै सहमहामन्त्रीको चुनाव लडेका थिए ।
कर्णाली प्रदेश भूगोलतर्फबाट खुला केन्दीय सदस्यमा जाजरकोटका राजीवविक्रम शाह, मुगुका खडक बहादुर शाही, दैलेखका दीक्पालकुमार शाही, जुम्लाकी रामदेवी खडका, निर्वाचित भएका छन् ।
सुर्खेतकी भगवती शाही कर्णाली प्रदेश ३५ वर्ष मुनिका युवा, महिला केन्द्रीय सदस्यका निर्वाचित भइन् भने सुर्खेतकै मोहन राना कर्णाली प्रदेश ३५ वर्ष मुनिका युवामा निर्वाचित भएका छन् ।
दैलेखकी सिता राना आदिवासी/जनजाति महिलातर्फ, सुर्खेतका इन्जिनियर रोशन बस्नेत ७ वटै प्रदेशबाट ३५ वर्ष मुनिका युवा खुला केन्द्रीय सदस्य, दैलेखका दीपक सोनी, दलित खुलातर्फ केन्द्रीय सदस्य, कालिकोटकी छाया सुनार दलित महिला केन्द्रीय सदस्यका रुपमा निर्वाचित भएका छन् ।
सुर्खेतकी जानकी सिंह खस आर्य महिलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।
यसअघि विशेष महाधिवेशनमा केन्द्रीय सदस्य रहेका कालिकोटका नारायण भट्टराई सहमहामन्त्री पदम पराजित भएका छन् । जानकी सिंह, दीक्पाल शाही विशेषमा पनि केन्द्रीय सदस्य थिए । राताेपाटीबाट





