रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २३ सय १ जनाको उद्धार

डाेरखबर समाचारदाता   ।   २०८३ भाद्र १३, शनिबार १०:१८

डाेरखबर/काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या ६२६ पुगेको छ। नेपाल प्रहरीले शनिबार दिउँसो २ः५० बजे सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा ६२६ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार चितवनमा सबैभन्दा बढी २३३, नवलपरासी पूर्वमा १५८, गोरखामा ५४, धादिङमा ४९, नवलपरासी पश्चिममा ४७, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको छ।

बाढी तथा विपद्मा परी अलपत्र परेका २ हजार ३०१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भोटेकोशी बाढी : मृतकको सङ्ख्या ७ सय ८८ पुग्यो

२०८३ भाद्र १३, शनिबार १०:१८
काठमाडौं। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७८८ जनाको ज्यान गएको छ। नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न आठ जिल्लाबाट ७८८ जनाको शव फेला परेको जनाएको हो। प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, चितवनमा २६४, तनहुँमा ३७, नवलपरासी […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.