डाेरखबर/कालिकाेट । रोजगारीको सिलसिलामा भारतको उत्तराखण्ड अलमोडा गएका नरहरिनाथ लालुका दुई जनाको घर भत्किँदा पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोटको नरहरीनाथ गाउँपालिका–९, लालु निवासी ३४ वर्षीय डिल्ली दर्जी र ३५ वर्षीय चक्र दर्जी रहेका छन् ।
वडाध्यक्ष प्रदीप बोहोराका अनुसार राति अविरल वर्षाका कारण उनीहरू बस्ने घर भत्किँदा पुरिएर मृत्यु भएको हो । ‘उहाँहरू बस्ने घर कच्ची रहेछ, रातमा सुतिरहेका बेला भत्किएछ,’ बोहोराले भने । चक्रका ३ छोरा, श्रीमती, डिल्लीका १ छोरा २ छोरी र श्रीमती छन् । परिवारको रोजीरोटी र छोराछोरीको भविष्यका लागि भन्दै अलमोडा गएका थिए ।




