अल्माेडामा घर भत्किँदा लालुका दुई जनाकाे मृत्यु

कालीबहादुर मल्ल   ।   २०८३ भाद्र १७, बुधबार १५:५२

डाेरखबर/कालिकाेट । रोजगारीको सिलसिलामा भारतको उत्तराखण्ड अलमोडा गएका नरहरिनाथ लालुका दुई जनाको घर भत्किँदा पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोटको नरहरीनाथ गाउँपालिका–९, लालु निवासी ३४ वर्षीय डिल्ली दर्जी र ३५ वर्षीय चक्र दर्जी रहेका छन् ।

वडाध्यक्ष प्रदीप बोहोराका अनुसार राति अविरल वर्षाका कारण उनीहरू बस्ने घर भत्किँदा पुरिएर मृत्यु भएको हो । ‘उहाँहरू बस्ने घर कच्ची रहेछ, रातमा सुतिरहेका बेला भत्किएछ,’ बोहोराले भने । चक्रका ३ छोरा, श्रीमती, डिल्लीका १ छोरा २ छोरी र श्रीमती छन् । परिवारको रोजीरोटी र छोराछोरीको भविष्यका लागि भन्दै अलमोडा गएका थिए ।

‘उहाँहरूको आर्थिक अवस्था निकै कमजोर छ,’वडाध्यक्ष बोहोराले भने, ‘बालबालिका १६ वर्षभन्दा मुनिका छन्, अहिले सबै बिचल्लीमा परे ।’ उनका अनुसार मृतकको शव नेपालमै ल्याएर अन्त्येष्टि गर्ने चाहना परिवारको छ । त्यसका लागि वडा र पालिकाले सम्बन्धित निकायसँग पहल गरिरहेको बोहोराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा १०औँ राष्ट्रिय खेलकुदको जिल्ला छनोट प्रतियोगिता उद्घाटन ।

२०८३ भाद्र १७, बुधबार १५:५२
कालिकोट । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालिकोटमा जिल्ला स्तरीय खेलाडी छनोट प्रतियोगिता उद्घाटन गरिएको छ। कालिकोट सदरमुकाम मान्ममा आयोजित कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन गरिएको हो। कार्यक्रम कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य तथा कालिकोट–जुम्ला जिल्ला संयोजक पंखबहादुर मल्लको अध्यक्षतामा […]

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.