भोटेकोशी बाढी : मृतकको सङ्ख्या ७ सय ८८ पुग्यो

डाेरखबर समाचारदाता   ।   २०८३ भाद्र १४, आईतवार १८:०१

काठमाडौं। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७८८ जनाको ज्यान गएको छ। नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न आठ जिल्लाबाट ७८८ जनाको शव फेला परेको जनाएको हो।

प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, चितवनमा २६४, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९४ र नवलपरासी पश्चिममा १२० जनाको मृत्यु भएको छ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्पछि अझै झन्डै २ हजार ५०० जना सम्पर्कविहीन रहेका छन्।

प्राधिकरणका अनुसार हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ। उद्धार तथा खोजी कार्यलाई थप तीव्र बनाइएको जनाइएको छ।

विपद्का कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाको काम जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अल्माेडामा घर भत्किँदा लालुका दुई जनाकाे मृत्यु

२०८३ भाद्र १४, आईतवार १८:०१
डाेरखबर/कालिकाेट । रोजगारीको सिलसिलामा भारतको उत्तराखण्ड अलमोडा गएका नरहरिनाथ लालुका दुई जनाको घर भत्किँदा पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोटको नरहरीनाथ गाउँपालिका–९, लालु निवासी ३४ वर्षीय डिल्ली दर्जी र ३५ वर्षीय चक्र दर्जी रहेका छन् । वडाध्यक्ष प्रदीप बोहोराका अनुसार राति अविरल वर्षाका कारण उनीहरू बस्ने घर भत्किँदा […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.