कालिकोट भाद्र १३ । कर्णाली राजमार्ग अन्तर्रगत सुर्खेत–जुम्ला सडक खण्डको कालिकोट खाँडाचक्र नगरपालिका–२ कालेखोला, एसमोड, गगने खोलामा शुक्रबार विहान सडक भत्किँदा सवारी आवागमन अवरुद्ध भएपछि यात्रुहरुलाई सस्ति भएको छ ।
रातभरिको अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालन रोकिए पछि सुर्खेत जुम्ला,मुगु आवत जावत गर्ने यात्रुहरुलाई समस्या भएको हो ।

पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको र खुुलाउन प्रयास भइरहेको भएपनि वर्षा भइरहेकाले समस्या भएको कालिकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले वताए । उनले हुल्मदेखि दहीखोलामा पहिरो खसेको खबर आएर यातायतका साधनहरु ठप्प भएको जनाकारी गराए ।
अहिले पहिरो पन्छाउने प्रयास भइरहेको भएपनि आकाशबाट पनी परिरहेकाले समस्या भइरहेको छ ।
वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको भएपनि सरोकारवालाको ध्यान पुग्ने गरेको छैन ।






