खबरखोज/कालिकोट । यस जिल्लाको खाँडाचक्र नगरपालिकामा युवा विकास फाउन्डेसन गठन भएको छ ।
युवाहहरुको विकास तथा सामाजिक रुपान्त्रण गर्ने उद्देश्यकासाथ खाँडाचक्र नगरपालिका–७,८,९ र १० नम्वर वडाका युवाहरुको हालै सम्पन भएको भेलाले युवा फाउन्डेसन गठन गरेको हो ।
राष्ट्रिय युवा परिषद जिल्ला युवा समितिका अध्यक्ष तुलाराज मल्लको प्रमुख आतिथ्यतमा र युवा समाजसेवी कपिल कार्कीको अध्यक्षतामा आयोजित भेलाले जिवन मल्लको अध्यक्षतामा १५ सदस्यीय युवा फाउन्डेसन गठन भएको भएको छ ।
नव गठित युवा फाउन्डेसनको उपाध्यक्षमा लालवहादुर मल्ल,सचिव सन्तोष कार्की,सह सचिव दमन परियार,कोषाध्यक्ष मजुरा शाही रहनु भएको छ । यस्तै सदस्यहरुमा विरेन्द्र चौलागाँई,तेजबहादुर विष्ट,लोकेन्द्र शाही,कल दमाई,दिपेन्द्र अधिकारी,कल्पना मल्ल,सरीता विक,मदन विक,कमल मल्ल र राकेस मल्ल रहनु भएको छ ।





