ग्लोबल फोरममा सहभागी हुन एमाले वरिष्ठ नेता भण्डारी चीन प्रस्थान

कालीबहादुर मल्ल   ।   २०८३ कार्तिक ६, बिहीबार १५:१६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन आज चीन प्रस्थान गरेकी छिन् ।

चीनको हपवे प्रदेशस्थित स्योङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने सम्मेलनमा भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ मुख्य विषय रहेको सम्मेलनमा विश्व शान्ति, बहुपक्षीयता, जलवायु परिवर्तन, दिगो विकास र कृत्रिम बौद्धिकतालगायतका विषयमा छलफल हुनेछ । भण्डारी आगामी सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डेभिड मिलर कर्णाली याक्समा अनुबन्ध, एनपीएलमा छक्काको वर्षा गर्ने लक्ष्य

२०८३ कार्तिक ६, बिहीबार १५:१६
डोरखबर | काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका अनुभवी आक्रामक ब्याटर डेभिड मिलरलाई टोलीमा अनुबन्ध गरेको छ। ठूला सट खेल्न र दबाबपूर्ण परिस्थितिमा आक्रामक ब्याटिङ गर्न माहिर मिलरको आगमनले कर्णाली याक्सको ब्याटिङ पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ। कर्णाली याक्सले मिलरलाई अनुबन्ध […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.