अव हुने वाइसिएलको केन्द्रिय अध्यक्षमा महिला नेत्रिहरु मध्ये यशोदाको नाम अग्रपंक्तिमा आउने गरेको छ । २०४० साल भदौ ५ गते जुम्लामा जन्मिएकी यशोदा अहिले कालिकोटमा बस्दै आएकी छन् । १२ बर्षको उमेरमा तत्कालिन माओवादी पार्टीको थालेको शसस्त्र जनयुद्धमा भुमीगत बनी आन्दोलनमा आफ्नो जीवन सुम्पिएकी थिईन् । जनयूद्धको वेला विभिन्न मोर्चा सम्हाल्दै आएकी यशोधालाई एक साहसिक महिला नेत्रीको रुपमा लिने गरिन्छ ।

यूद्धका विभिन्न मोर्चामा आफ्नो उत्कृष्ट कौशल्ता प्रर्दशन गर्दै एउटा महिला पनि पुरुष भन्दा कम हुदैनन् भन्ने प्रमाणित गर्ने नारी हुन् यशोदा । माओवादी केन्द्रको जिल्ला सदस्य, प्रदेश सदस्य हुदै वाईसिएल नेपालको केन्द्रिय उपाध्यक्ष समेत बनिसकेकी यशोदालाई उनका शुभचिन्तकहरुले अहिले केन्द्रिय अध्यक्ष बनेको हेर्न निकै सहानुभुती देखाएको देखिन्छ । हजारौ यूवाहरुको माझमा सरल,सालिन, जुझारु, नेतृत्वमा उत्कृष्ट क्षमता प्रर्दशन गर्ने यशोधा कर्णालीको जनमुक्ति सेनाको अफिसर कर्णालीको साहसिक योद्धाको रुपमा लिने गरिन्छ ।
उनको सामाजिक सञ्जाल फेसवुकमा अहिले उनका शुभचिन्तकहरुले वाईसिएल नेपालको केन्द्रिय अध्यक्ष यशोदालाई नै दिन पार्टीका नेतृत्वलाई गुहार गरिरहेका छन् । कर्णालीमा माओवादी पार्टीलाई स्थापित गर्न यशोदाको पनि ठुलो हात रहेको छ । माओवादी केन्द्र समावेशीको हिसावले पनि अरु दलहरु भन्दा निकै लोकप्रिय पार्टी मानिन्छ ।
यसैको परिक्षा अव महिला हुदैछ । वाईसिएल नेपालको केन्द्रिय अध्यक्षमा यशोदालाई मनोनित गरेमा प्रतिफल निकै फरक देखिनेछ । त्यसैले विकट कर्णालीको नेतृत्व गर्दै, सम्पुर्ण यूवाहरुको आशा र भरोशाका केन्द्रविन्दु यशोदा न्योपानेलाई केन्द्रिय अध्यक्ष बनाउँदा निकै सरहनीय कार्य हुने विश्लेषकहरुको भनाई छ ।





