कालिकोटमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा सुरु भएपछि स्थानीय खुसि

दलसिंह कुमाल   ।   २०८३ भाद्र १३, शनिबार ०९:५०

डाेरखबर /कालिकाेट । जिल्ला अस्पताल कालिकोटमा पहिलाे पटक हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा सुरु भएपछि स्थानीय नागरिक खुसि भएका छन । जिल्ला अस्पतालमा हाडजोर्नी तथा नसा रोगका बिषेशज्ञ चिकित्सक डा. सागर ढकाल पुगेर सेवा सुचारु गरेकाे स्वास्थ्य सेवा कार्यालय कालिकाेटका प्रमुख डा. रत्नविर सुनारले जानकारि गराएपछि स्थानीय नागरिक खुसि भएका हुन ।

विशेषज्ञ चिकित्सकको आगमनसँगै हाडजोर्नी नसा सम्बन्धी विभिन्न समस्या भएका बिरामीले अब जिल्लामै विशेषज्ञ स्वास्थ्य सेवा पाउने कार्यालय प्रमुख डा. सुनारले वताउनु भयाे ।

प्रदेश अस्पताल सुर्खेतबाट सरुवा भई आएका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. सागर ढकालले अस्पतालमा सेवा दिन सुरु भएकाे छ ।

हाडजोर्नी तथा नसा सम्बन्धी उपचार जिल्ला अस्पतालबाट नियमित रुपमा सुरु भएपछि हाडजोर्नी तथा नसा सम्बन्धी समस्या भएका बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

यसभन्दा अघि जिल्ला अस्पतालमा हाडजोर्नी तथा नसा रोग बिषेशज्ञ चिकित्सकको दरबन्दी भएपनि चिकित्सक नहुँदा सेवा सुरु हुन सकेको थिएन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २३ सय १ जनाको उद्धार

२०८३ भाद्र १३, शनिबार ०९:५०
डाेरखबर/काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या ६२६ पुगेको छ। नेपाल प्रहरीले शनिबार दिउँसो २ः५० बजे सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा ६२६ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार चितवनमा सबैभन्दा बढी २३३, नवलपरासी पूर्वमा १५८, गोरखामा ५४, धादिङमा ४९, नवलपरासी पश्चिममा ४७, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.