२ हजार ४ सय ४१ जनाले लगाए पहिलो दिन पाठेघरको मुखको क्यान्सर बिरुद्धकाे खोप

doorkhabar.com

doorkhabar.com   ।   २०८१ माघ २२, मंगलवार १८:५७

 

कालीकाेट ,पाठेघरको मुखको क्यान्सर बिरुद्ध कालिकोटमा पहिलो चरणमा किशोरीहरूलाई खोप लगाउन सुरु गरीएको छ । एच. पि.भी. खोप अभियान २०८१ अन्तगर्त १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई देशैभरी एकैसाथ यो खोप लगाउन सुरु गरीएको हो । कालिकोटमा पनी यही माघ २२ गते देखी तिन चरणमा खोप लगाउन सुरु गरीएको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जानकारी दिएको छ ।

पहिलो चरण अन्तरगत पलाताँ गाउँपालिका ,पचालझरना गाउँपालिका , रास्कोट नगरपालिका र सान्नित्रिवेणी गाउँपालिकामा माघ २२ गते देखी २४ गने सम्म एच. पि.भी. खोप लगाईने भएको हो ।

आज पहिलो दिन पलाताँ गाउँपालिकामा ७ सय ४७ पचालझरना गाउँपालिकामा ४ सय ७० रास्कोट नगरपालिकामा ७ सय ९ र सान्नित्रिवेणी गाउँपालिकामा ५ सय १५ गरी जम्म २ हजार ४ सय ४१ जनालाई खोप लाईएको जिल्ला स्वास्थ्य सेवा कार्यलय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले जान्कारी दिनु भएको छ ।

कालिकोटमा ९ हजार दुईसय ३८ किशोरीलाई ९ वटै स्थानिय तहमा एकसय ५२ खोप केन्द्रबाट खोप लगाईने भइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

२०८१ माघ २२, मंगलवार १८:५७
“स्वास्थ्य शिक्षा उत्पादन र आपूर्ति ,रोजगारी,जीविका ,पूर्वाधार र समृद्धि ’’ भन्ने मुल नाराका साथ सनिवार अर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई गरिएको छ । शुभकालिका गाउँपालिका सुकाटिया कालीकोटकाे आयाेजना र रेडियो शुभकालिका एफ.एम ९९.१ मेगाहर्ज कालीकोटकाे समन्वयमा उक्त कार्यक्रम गरिएको हाे । शुभकालिका गाउँपालिकाका अध्यक्ष गाेविन्द […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.