सेतो गुराँस बालविकास सेवालाई कालिकोटका स्थानीय तहको धन्यबाद

खबरखोज सम्वाददाता   ।   २०७७ आश्विन ११, आईतवार १७:४६

कालीबहादुर मल्ल/कालिकोट । यहाँ जिल्लाका स्थानीय तहहरुमा बालबालिकाको प्रारम्भिक बालविकासको अधिकार सुनिश्चत गर्न सहयोग पु¥याएको भन्दै जिल्लाका सातवटा स्थानीय तहहरुले सेतो गुराँस बालविकास सेवा कालिकोटलाई धन्यबाद दिएका छन् ।
युनिसेफ नेपाल,सेतो गुराँस राष्ट्रिय बालबिकास सेवा ललितपुरको सहयोगमा यस जिल्लाका खाँडाचक्र, तिलागुफा, रास्कोट नगरपालिका तथा शुभकालिका महावै, सान्नित्रिवेणी र पचालझरना गाउँपालिकामा संचालित “नेपालका सिमान्तकृत समुदायका बालबालिकाका लागि प्रारम्भिक बालविकास अवसरकोे सबलीकरण” परियोजनाले बालबिकासको अधिकार सुनिश्चित गर्न योगदान पुगाएको भन्दै पालिका प्रमुखले धन्यबाद पत्र दिनु भएको हो ।

No description available.
साथै परियोजनको समापन भएपनि स्थानीय जनप्रतिनिधिले आगामि दिनमा स्थानीय सरकारको सहयोगमा कार्याक्रमलाई निरन्तरता दिने समेत प्रतिवद्धता ब्यक्त गर्नु भएको सस्थाका जिल्ला संयोजक हुकुम शाहीले जानकारी गराउनुभएको छ ।
उहाँका अनुसार युुनिसेफ नेपालको सहयोग तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहकार्य र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको संयोजकत्वमा सङ्घीय संरचनामा प्रारम्भिक बालविकासको अधिकारका लागि गाबिसमा समेत कार्यक्रम बिभिन्न चरणमा संचालन हुदै आएको थियो ।
२०७३ सालमा सुरुभएको परियोजना स्थानीय तहलाई अभिभाबकशिक्षा, स्थानीयतहमा एकीकृत प्रारम्भिक बालविकासका लागि योजनाको तर्जुमा कार्यशाला र एकिकृत नमुना बालबिकास केन्द्रको स्तरबृद्धि बालशिक्षहरुको क्षमता अभिबृद्दि सिकाइ सामाग्री बितरण गरेर यो परियोजनामा स्थानीय तहलाई प्रतिबद्धता सहित हस्तान्त्रण गरेर यसै वर्ष सम्पन्न भएको छ ।
प्रारम्भिक बाल विकासको लागि गर्भअबस्था देखी ८ बर्ष सम्मका बालबालिकाका लागि सबाङ्घगीण बिकास गर्न मुख्य उद्देश्यका साथ कार्यक्रम कालिकोट जिल्लाका १ सय ३४ वटा बालबिकास केन्द्रमा बालशिक्षकहरुलाई अधारभुत तालिम दिदै आएको थियो ।

No description available.
प्रत्येक केन्द्रमा २ घण्टा सम्म अभिभाबकहरुलाई आफ्नो बालबालिकाका लागि ज्ञान सिप र ब्यबहारमा परिर्वतन ल्याउनको लागि पहिलो पाठाशाला घर नै भएकोले बाबु आमा दाजु दादी बहीनी तथा स्याहार कर्ताले नै ज्ञान, सीप र व्यवहारमा सुधार ल्याउने यस कार्याक्रमको उद्देश्य रहेको थियो । अभिभाबक शिक्षामा यस बर्षमा ५१ सय ८७ अभिभाबक हरुको बालबालिकालाई घरमानै स्थानीय शैक्षिक सामाग्री बनाउने , सरसफाइमा ध्यान दिन बालबिकास केन्द्रमा नियमीत पुगाउने, दैनिक पौष्टिक आहारको ब्यबस्था पर्ने, नियामित स्वास्थ्य चेक जाच गर्ने गरेका छन् । यसमा जम्मा ५२ सय ३४ बालबालिका लाभान्वीत भएका थिए ।

यसका साथै स्थानिय तहको प्रारम्भिक बालबिकासमा लगानि बढाउनको लागी प्रत्येक बर्ष स्थानीय तहको एकीकृत योजना तर्जुमाबाट बहुपक्षीय प्रारम्भिक बाल विकास योजना कार्यशाला गोष्ठि समेत गरिएको थियो ।
यस्तै टोलटोलमा बालबिकास केन्द्रको अवधारणसहित थप ९६ बालबिकास केन्द्र स्थापना भएका छन् । स्वास्थ चौकिमा बालसिकाई क्षेत्रको ब्यबस्था गर्नुका साथै एकिकृत नमुना बालबिकास केन्द्र स्थापना गरेका छन् ।
साथै पछिल्लो चरणमा बिश्वा महामारीका रुपमा फैलिएको कोभिड १९ मा अभिभाबक शिक्षालाई थप प्रभाबकारी बनाउनको लागी रेडियो सिक्दै सिकाउदै कार्यक्रम संचालन गरेको थियो ।

नेपाल समाचारपत्र अनलाइनबाट

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सामाजिक सेवा दिवशमा  जिल्ला समन्वय समितिका प्रमुखद्धारा बिरामीलाई फलफूल वितरण

२०७७ आश्विन ११, आईतवार १७:४६
कालिकोट । ४१ औं सामाजिक सेवा दिवसको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले जिल्ला अस्पतालका कालिकोटका बिरामिलाई फलफूल बितरण गर्नुभएको छ । कालिकोटमा क्रियासिल गैरसरकारी संस्था किर्डाक , हुरेन्डेक भिडिसेफ नेपाल,साहास नेपाल,आरडियन र आशा नेपालको सहयोगमा जिल्ला समन्वय समिति कालिकोटका प्रमुख शाहिले जिल्ला अस्पताल पुगेर विरामिहरुलाई फलफूल वितरण गर्नुभएको […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.