कालिकोट । ४१ औं सामाजिक सेवा दिवसको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले जिल्ला अस्पतालका कालिकोटका बिरामिलाई फलफूल बितरण गर्नुभएको छ ।
कालिकोटमा क्रियासिल गैरसरकारी संस्था किर्डाक , हुरेन्डेक भिडिसेफ नेपाल,साहास नेपाल,आरडियन र आशा नेपालको सहयोगमा जिल्ला समन्वय समिति कालिकोटका प्रमुख शाहिले जिल्ला अस्पताल पुगेर विरामिहरुलाई फलफूल वितरण गर्नुभएको हो ।

फलफूल वितरण गर्दै समन्व समितिका प्रमुख शाहीले समाज सेवामा खटिने गैरसरकारी संस्थालाई जिल्लामा धन्यबाद दिनु भएको थियो । साथै गैरसरकारी संस्थाले भौतिक पुर्वधार निर्माण ,जलवायु परिवर्तन न्युनिकरण लगाएतका सवालमा जनचेतना फैलाउनु साथै सुशासनको क्षेत्रमा पनि महत्त्वपूर्ण भुमिका खेलेकाले यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
असोज ६ गतेदेखि सुरू भएको सामाजिक सेवा दिवसको अवसरमा आइतबार देखि आशा नेपालीको सहयोगमा तिन महिने सिलाइ कटाइ तालिमको उद्घाटन गरिइएको बताइएको छ ।
वितरण कार्यक्रममा जिल्ला अस्पतालका कर्मचारी ,सहयोगी संस्थाका कर्मचारी ,नागरिक समाजका प्रतिनिधि र सरोकार वालाको सहभागी रहेको थियोे ।





