१ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि

खबरखोज सम्वाददाता   ।   २०७७ आश्विन १२, सोमबार १७:२२

 काठमाडौं । पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा ४३६ महिला र ९१५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । उनीहरुमध्ये ४८१ जनाको मृत्यु भएको छ भने ५४ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशरभमा १९ हजार ६२४ संक्रिय संक्रमित छन् । १० हजार ९२९ जना होम आइसोेलेसनमा छन् भने ८ हजार ६९५ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २२५ जनाको आईसीयू र ३१ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८१७ जनासंक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका ६४९ जना, ललितपुरका १३२ र भक्तपुरका ३६ जना छन् ।

यस्तै सिराहाका ५५ जना, कैलालीका ५०, मोरङका ४९, मकवानपुरका ४०, सुर्खेतका २९, महोत्तरीका २५, धनुषाका २२, सुनसरी, नवलपुर र रुपन्देहीका २०/२० जना, चितवन र तनहुँका १७/१७ जना, बाँकेका १६, बझाङका १४, अछामका १३, धादिङका ११, सप्तरी र काभ्रे १०/१० तथा पर्सा, सिन्धुपाल्चोक, लमजुङ ७/७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाहीका ६ जना, कपिलवस्तु, गुल्मी र नवलपरासीका ५/५ जना, सिन्धुली र कास्कीका ४/४ जना, बारा, नुवाकोट, गोरखा, पर्वत र स्याङ्जाका ३/३ जना, इलाम, खोटाङ, झापा, तेह्रथुम, भोजपुर, दाङ, बर्दिया, कालीकोट, जाजरकोट, दैलेख र सल्यानका २/२ तथा ओखलढुंगा, संखुवासभा, रौतहट, दोलखा, बाग्लुङ, अर्घाखाँची, प्युठान र बैतडीका १/१ जनामा संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पन्जाबले २० ओभरमा २२३ रन बनायो, तर पनि राजस्थानले जित्यो

२०७७ आश्विन १२, सोमबार १७:२२
१२ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले किङ्गस इलाभेन पन्जाबलाई ४ विकेटले हराएको छ । १९.३ ओभरमा २२६ रन बनाएको राजस्थानले आईपीएलमा लक्ष्य पछ्याउँदै सबैभन्दा ठूलो जित हासिलको नयाँ रेकर्ड बनायो । यो रकर्ड बनाउन सबैभन्दा अहम् ब्याट्समान बने राजस्थानका राहुल तेवतिया । उनले […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.