कांग्रेसबाट निर्वाचित वडाध्यक्षद्धारा रोजगारको रकम दुरुपयोग

खबरखोज सम्वाददाता   ।   २०७७ आश्विन ६, मंगलवार १९:१५

कालिकोट /यस जिल्लाको शान्नि त्रिवेणि गाउँपालिका–३ मा काग्रेबाट निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद देवकोटालाई मुख्यमन्त्री रोजगार कार्यक्रम दुरुपयाग गरेको आरोप लागेको छ ।
मुख्यमन्त्री रोजगार कार्याक्रम अन्तरगत गावखोला देखि लामपाटा सम्मको सिचाँई कुलो निर्माणमा वडाअध्यक्ष विस्णुप्रसार्द देवकोटाले विद्यालयका प्रधानाध्यापक समेत रहेका भाइ लगाएत परिवारको नाम वेरोजगार लिस्टमा राखेर लाखांै रकम दुरुप गरेको एक स्थानीयले नाम नवताउने शर्तमा जानकारी गराउनु भएको छ ।
विद्यालयका प्रधानाध्यपक आफ्नै भाइ मानप्रसार्द देवकोटा, सुर्खेतमा वस्ने भाई बुहारी जौमती देवकोटा, गडुलनानी आधारभुत विदालयका शिक्षक आफ्नै छोरा धर्मराज देवकोट र बुहारी सोहि विद्यालयकी शिक्षिका शुर्जकला पाण्डेलाई बेरोजागरीको नाममा पारेर कार्यक्रममा कामै नगरी हाजिर गराएर पैसा दिएका हुन् ।
विपन्न बेरोजगारहरुलाई रोजगरी दिलाउने उद्देश्यकासाथ कर्णाली प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रम दुरुपयोग भएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
यस्तै उनका परिवारका आफन्त शिक्षक पदमलाल देवकोटालको पनि कामै नगरी खातामा पैसा गएकाको पाइएको छ ।
सरकारी रोजगारिमा रहेपनि वडाध्यक्षका परिवारले रोजागर कार्यक्रममा ४५ दिन काम गरेको हाजीर पेश गरेर पैसा खातामा हालेको देखिएको छ ।
यस विषयमा वडाध्यक्ष देवकोटाले आफनो भाई बुहारीले २५ दिन काम गरेको भएपनि४५ दिन वनाएर समितिका अध्यक्ष भरत देवकोटाले हाजिर बढाएको हुनसक्ने प्रतिक्रिया दिनुभयो ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो

२०७७ आश्विन ६, मंगलवार १९:१५
काठमाडौं/ नेपालमा आज थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ५० वर्षीय एक पुरुष र काभ्रेपलाञ्चोककी ५० वर्षीय एक महिलाको  निधन भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ ।   […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.