यी हुन् कांग्रेसका महाधिवेशन प्रतिनिधि (नामावलीसहित )

कालीबहादुर मल्ल   ।   २०८३ आश्विन २०, मंगलवार ०९:४७

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली प्रकाशित गरेको छ। समितिले एक सूचना जारी गर्दै प्रथम नामावली प्रकाशन गरिएको जानकारी गराएको हो।

नेपाली कांग्रेसको विधान २०१७ (एघारौँ संशोधन सहित) तथा निर्वाचन निर्देशिका, २०८३ बमोजिम काठमाडौँमा महाधिवेशन जारी छ। सोही महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने प्रयोजनका लागि मतदाताको सूची सार्वजनिक गरिएको हो।

प्रकासित नामावली नेपाली कांग्रेसको आधिकारिक वेबसाइट (www.nepalicongress.org) र आधिकारिक फेसबुक पेजमा हेर्न सकिने समितिले जनाएको छ।
छुटेका नामावलीहरू अन्तिम नामावली प्रकाशन गर्दा समावेश गरिने जानकारी पनि गराइएको छ।   प्रकाशित नामावलीमा कुनै दाबी विरोध भएमा केन्द्रीय निर्वाचन समितिको कार्यालयमा दर्ता गराउन सम्बन्धित सबैलाई सूचित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस १५औँ महाधिवेशन : कर्णालीबाट १ सहमहामन्त्री, १४ केन्द्रीय सदस्य

२०८३ आश्विन २०, मंगलवार ०९:४७
कालिकाेट । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा कर्णालीबाट एक जना सहमहामन्त्रीसहित १४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । सहमहामन्त्री पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित भएका छन् ।  कुनै बेला देउवा समूहका नेता शाही कर्णालीका पूर्वमुख्यमन्त्री हुन् । उनी १४ औं महाधिवेशनमै सहमहामन्त्रीको चुनाव लडेका थिए । यद्यपि उनले त्यो बेला […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.