११ बैखाख, कालिकोट
खाँडाचक्र नगरपालिका–१ स्थित होटल सनलाईट कालिकोटमा नागरिक समाजका पदाधिकारहिरुलाई बहुक्षेत्रिय सिफारिस प्राणली (मार्ग) कार्यान्वयनको अनुगमन प्रक्रिया सम्बन्धी २ दिने क्षमता अभिवृद्धी तालिम संचालन भएको छ ।
किर्डाक नेपाल कालिकोटको आयोजना र सेभ द चिल्ड्रेन नेपाल कालिकोटको आर्थिक सहयोगमा संचालन भएको हो ।
उक्त कार्यक्रमको उद्देश्य समाजमा रहेका विपन्न,गरिव,पछाडि परेका समुदाय, महिला,बालबालिका लगाएतको संरक्षण र प्रबद्धन गर्ने उद्देश्यका साथ शनिवार कालिकोट जिल्ला इन्सेक प्रतिनिधि कालीबहादुर मल्लको अध्यक्षता र सेभ द चिल्ड्रेन नेपाल कालिकोटका बाल संरक्षण अधिकृत बाले वि.क.को आतिथ्यतामा संचालन भएको छ ।
२ दिने क्षमता अभिवृद्धी तालिम संचालन





