२१ साउन, काठमाडौं। भारतमार्ग हुँदै खाडी मुलुकमा बेचिन लागेका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ। दलालको प्रलोभनमा परेका उनीहरुलाई घरेलु कामदारको नाममा गैरकानुनी रूपमा खाडी मुलुक पुर्याउने तयारी थियो।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतीय प्रहरीको सक्रिय सहयोगमा महिलाहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी बुधबार नेपाल फर्काइएको हो। दूतावासले जनाएको छ कि यी महिलालाई रोजगारीको प्रलोभन देखाएर मानव तस्करहरूले भारतमार्ग हुँदै तेस्रो मुलुक पठाउने योजना बनाएका थिए।
नेपाल फर्काइएका पीडित महिलाको संरक्षण र पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको दूतावासले जनाएको छ।





