शुभकालिका गाउँपालिका स्तरीय बाल सञ्जाल  पुनर्गठन

doorkhabar.com

doorkhabar.com   ।   २०८२ बैशाख ५, शुक्रबार २०:३५

कालीकाेट ,जिल्लाको शुभकालिका गाउँपालिकामा पालिका स्तरीय बाल सञ्जाल  पुनर्गठन गरिएको छ । सेभ द चिल्ड्रेन  किडार्क नेपाल कालीकाेटको साझेदारीमा संञ्चालित संकल्प परियोजनाको आर्थिक सहयोग तथा सहजीकरणमा कार्यक्रम गरिएकाे हाे ।

विपिन धितालकाे अध्यक्षतामा २१ सदस्य पालिकास्तरीय बाल सञ्जाल गठन भएकाे हाे । उक्त कार्यक्रम बाट विपिन धिताल अध्यक्ष, यमुना शाही उपाध्यक्ष , प्रतीक्षा शाही सचिव , साहिल वि.क कोषाध्यक्ष , मनिषा आचार्य सह-सचिव ,रस्मिता शाही सदस्य लगाएतका सदस्य ‎रहने गरि २१ सदस्य निर्विरोध नयाँ कार्यसमिति गठन गरिएको थियाे ।

साथै उक्त कार्यक्रममा सल्लाहकार समिति पनि गठन गरिएको छ। जस्काे संयाेजक अम्रिता अधिकारी ,सदस्य छत्र राेका मगर,रमिता चाैलागाँई ,महकला वि.क सरिता खत्री रहने गरि गठन गरिएकाे हाे । पालिका बाल सञ्जालले स्थानीय तहमा बालबालिकासम्बन्धी मुद्दाहरूमा ध्यान दिन्छ र बाल अधिकारको प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गर्द छ । सामान्यतः पालिका बाल सञ्जालले निम्न कुराहरू गर्ने गर्छ ।

  बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, सहभागिता जस्ता अधिकारहरूको प्रवर्द्धन र संरक्षण गर्न काम गर्दछ ।  स्थानीय सरकारसँग मिलेर बालमैत्री नीति, योजना र कार्यक्रम बनाउन सल्लाह दिने गरेकाे छ । बालविवाह, बालश्रम, बाल दुर्व्यवहार, आदि विषयमा जनचेतना फैलाउने कार्यक्रम हरुकाे आयोजना गर्ने गरेकाे छ। बालबालिकाले आफ्ना समस्या, सुझाव र सन्देश अभिव्यक्त गर्न पाउने ठाउँ सिर्जना गर्नु पर्नु पर्दछ । बालबालिकामा नेतृत्व क्षमता विकास गर्ने खालका तालिम, गोष्ठी, तथा अन्य सिर्जनात्मक क्रियाकलापहरू सञ्चालन भिडिसेफ नेपालले कार्यक्रम हरु  गरिरहेकाे छ।‎

विद्यालय व्यवस्थापन समिति, अभिभावक समूह, शिक्षक र समुदायसँग समन्वय गरेर बालबालिकाको हितमा शुभकालिका गाउँपालिकाले विभिन्न कार्यक्रम गर्दै आईरहेकाे छ । पालिका स्तरीय बाल सञ्जालका अध्यक्ष  राज वि.क काे अध्यक्षता शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यकाे प्रमुख आतिथ्यता ,उपाध्यक्ष धर्मकला शाहीकाे विशेष आतिथ्यता ,वडा  अध्यक्ष मिम बहादुर  शाही ,लगाएतका अतिथिहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्षआचार्यले नवनिर्वाचित टिमलाई शुभकामना दिँदै  बालबालिकाको क्षेत्रमा आगामी दिनमा विशेष तरिकाले गाउँपालिकाले बालबालिकाहरूको संरक्षण गर्ने उनीहरूको समस्या सम्बोधन  पहिचान गर्ने बताउनुभयो ।

उपाध्यक्ष शाहीले नवनिर्वाचित टिमलाई शुभकामना  दिँदै भन्नुभयो । बालबालिका भनेका भविष्य का कर्णधार हुन् बालबालिकाहरूको संरक्षण गर्न पालिका सरकारकाे दायित्व  भएको शाहीले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्यायिक समिति मेलमिलाप केन्द्रकाे कार्य सञ्चालन सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन

२०८२ बैशाख ५, शुक्रबार २०:३५
कालीकाेट । जिल्लाकाे शुभकालिका गाउँपालिका न्यायिक समिति र मेलमिलाप केन्द्रकाे कार्य सञ्चालन सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमको जिल्ला अदालत कालिकोटका न्यायाधीश डोलनाथ न्यौपाने शनिबार गाउँपालिकाे सभाहलमा एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएकाे छ । शुभकालिका गाउँपालिका उपाध्यक्ष एवं न्यायक समिति संयोजक धर्मकला शाहीकाे सभाअध्यक्षता माननीय जिल्ला न्यायाधीश श्रीमान डोलनाथ न्यौपानेकाे […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.