कालीकाेट । जिल्लाकाे शुभकालिका गाउँपालिका न्यायिक समिति र मेलमिलाप केन्द्रकाे कार्य सञ्चालन सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमको जिल्ला अदालत कालिकोटका न्यायाधीश डोलनाथ न्यौपाने शनिबार गाउँपालिकाे सभाहलमा एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएकाे छ ।
शुभकालिका गाउँपालिका उपाध्यक्ष एवं न्यायक समिति संयोजक धर्मकला शाहीकाे सभाअध्यक्षता माननीय जिल्ला न्यायाधीश श्रीमान डोलनाथ न्यौपानेकाे प्रमुख आतिथ्यता गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यकाे विशेष आतिथ्यता जिल्ला प्रशासन कार्यालय कालिकोटका प्र.जि.अ नारायण प्रसाद भट्टराई , नेपाली कांग्रेस जिल्ला सभापति नन्द बहादुर शाही, जिल्लाबार एसोसिएसन कालिकोटका अध्यक्ष अमराज शाहीकाे विशेष आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको हाे ।
कार्यक्रममा सशस्त्र प्रहरी बल डिएसपी , जिल्ला प्रहरी कार्यालय कालिकोट प्रतिनिधि, शुभकालिका गाउँपालिकाका वडा नं १ का अध्यक्ष वीर बहादुर रामजाली मगर,वडा नं ५ का अध्यक्ष मिम बहादुर शाही ७ का अध्यक्ष प्रेम बहादुर शाही, ८ का वडा अध्यक्ष दिपराज महतारा सहभागिता रहेको थियाे ।न्यायिक समिति र मेलमिलाप केन्द्र स्थानीय तहमा सानाे झगडा तथा विवाद समाधान गर्ने संयन्त्र हाे । न्यायिक समिति शुभकालिका गाउँपालिकामा गठन गरिएकाे छ जसको नेतृत्व शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले गर्नु भएकाे छ ।
सानाे आपराधिक मुद्दाहरू समाधान जस्तै: कुटपिट, गालीगलौज, धम्की आदि निजी विवादहरूमा मेलमिलाप गराउने जग्गा विवाद, पारिवारिक झगडा, ऋणसम्बन्धी विवाद आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाहरूको छिनोफानो गर्दै समाजमा मेलमिलापको संस्कार विकास गर्ने प्रयास गरिएकाे छ । मेलमिलाप केन्द्र न्यायिक समितिलाई सहयोग गर्ने संयन्त्र हो, जहाँ प्रशिक्षित मेलमिलापकर्ता ताेकिएकाे हुन्छ जस्तै दुवै संयन्त्रको मूल उद्देश्य भनेको स-साना विवादलाई अदालतसम्म लैजानु नपरोस्, गाउँमै समाधान होस् भन्ने हो। शुभकालिका गाउँपालिका न्यायक समितिमा आउने समस्याहरू सावधान गर्ने गरेको शाहीले बताउनुभयो ।
साथै शाहीले दुई दिन प्रशिक्षण कार्यक्रम बाट सिकेका कुरा हरु वडा मेलमिलाप समितिले नियमबद्ध पालना गर्नुपर्ने र समस्याहरूको सावधान गर्ने बताउनुभयो।नेपाली कांग्रेस कालिकोट जिल्ला सभापति नन्द बहादुर शाहीले कार्यक्रममा बाेल्दै भन्नू भयाे न्यायिक समितिले गर्न मिल्ने काम र कर्तव्यहरुकेके हुन् नमिल्ने केकेहुन् सबै विषयमा जान्कारी दिनु राम्रो भएकाे बताए ।
आगामी दिनमा न्यायिक समितिले सिकेका कुरा हरु ब्यावहारमा उतार्न जरुरी रहेको बताएका थिय । यस्तै गाउँपालिका अध्यक्ष आचार्यले भन्नु भयाे गाउँ समाजमा भएगरेका झैझगडालाई लाई न्यायिक समिति मार्फत समाधान गर्दै आएकाेमा धन्यवाद दिनु भएकाे थियाे । आफ्नो गाउँपालिकामा माननीय जिल्ला न्यायाधीश लगाएतकाे टिम आएर न्यायिक समिति लाई केही कुराहरु जान्कारी दिएकाेमा खुसी भएकाे बताए ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि माननीय जिल्ला न्यायाधीश श्रीमान डोलनाथ न्यौपानेले भन्नू भयाे नेपालीको संविधानले तीन तहकाे अदालत घाेषणा गरेकाे जिल्ला अदालत, उच्च अदालत सर्वोच्च अदालत ,घाेषणा गरेकाे त्यस संगसंगै स्थानीय तहमा न्यायिक निकाय गठन गर्न सकिने भनेकाे र स्थानीय सरकार संञ्चालन एन २०७४ ले न्यायिक समिति भनेर बाेलेकाे बताए ।पालिकाकाे छुट्टै निकाय न्यायपालिका ,कार्यपालिका , व्यवस्थापिका बाट स्थानीय स्तरका समस्या समाधान गर्न सकिने बताउनु भयाे ।





