माओवादी केन्द्रद्धारा जेन–जी आन्दोलनको समिक्षा कालीकोटमा

कालीबहादुर मल्ल   ।   २०८२ आश्विन २५, शनिबार १८:४४

डाेरखबर/कालीकोट । जेन–जी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमले देशमा नयाँ मोड सिर्जना गरे संगै नेकपा माओवादीले कालीकोट जिल्लाका पत्रकारहरुसंग समिक्षा गरेको छ ।
भदौ २३ मा जेन–जीहरुले गरेको आन्दोलनको समिक्षा गरेको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मीप्रसाद चौलागाईँ शैलेन्द्रले नारायणहिटी दरबार र मदनभण्डारी हत्यको विषयमा विभिन्न धारणा आए जस्तै भदौ २३ को आन्दोलनमा पनि भिन्न धारण आइरहेको बताए । उनले जनताको अपेक्षा अनुसार दलका हामी नेताहरुले काम नगरेका कारण यस्तो परिस्थिति उत्पन्न भएको स्यकार गरे ।

नेपालको भू राजनीतिक अबस्थाले पनि राष्ट्र माथि समस्या उत्पन्न भएको बताउदै बास्तविक जेन–जीहहरुले उठाएको एजेण्डा सही भए पनि आन्दोलनमा घुससपेटले यो खालको समस्या आएको धारणा राखे ।

कर्णाली प्रदेश सभा उपसभामुख यशोधा न्यौपानेले जेन–जी आन्दोलनमा देश जलिरहदा कालीकोटमा धेरै जनधनको क्षति पनि नहुनु र अप्रिय घटना नघट्नुमा जिल्लाका पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताइन् । उनले कालीकोट जिल्लाका नागरिक सम्ययम भएकाले अन्य घटना नघटेको बताइन् । उनले भनिन् ‘जसरी अहिले जिल्ला संम्यमित भयो त्यस्तै भूमिका खेल्दै जानु पर्ने तथा सबै नागरिकले समिक्षा हुनु पर्ने बताइन् ।उनले अर्को प्रशंगमा देशमा यो अवस्था आउनुमा नेताहरु मात्र नभएर कर्मचारिको पनि उत्तिकै भूमिका रहेको धारणा राखिन् । राम्रो या नराम्रोको नैतिक जिम्मेवारी हामी जनप्रतिनिधिले लिएर सच्चिनु पर्ने हो । उनले भनिन् यति भन्दै गर्दा पुराना नेताहरुको योगदानलाइ पनि भुल्न नहुने हो ।’

उनले अहिलेको परिस्थितिलाई न्युनिकरण गर्न दलका नेताहरु कहाँ सच्चिनु पर्ने हो सुझाव राख्न पत्रकारलाइ आग्रह गरिन् ।

भदौ २३ को आन्दोलन नेपालका युवाहरुले मात्र नगरेको केन्द्रीय सदस्य गंगा खड्काले बताइन् । यस्तै उनले आन्दोलन भित्र घुसेका विदेशीहरुको घुसपैठ भएको सुनाउदै तत्कालिन सरकारले सामाजिक सञ्जाल बन्द गर्नु गलत भएको बताइन् । उनले भनिन् सरकारमा माओवादीले पनि राम्रो लिडगर्न नसकेको र अरु काग्रेस,एमालेले झनै राम्रो नगरेको धारणा राखिन ।

यस्तै जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित बहादुर शाहीले अहिलेको परिस्थितिमा दुईवटा अतिको उपज भएको बताए । उनले भने पहिले जेन–जी आयो भनेर, गलत हावा फैलाउने र अर्को यो केहि होइन भनी हेल्चेक्राई गरेका कारण यो समस्या उत्पन्न भएको बताए ।

आन्दोलन कुनै आकस्मिक आक्रोश थिएन । यो लामो समयदेखि बढ्दै आएको भ्रष्टाचार, अनियमितता, राजनीतिक अस्थिरता र जिम्मेवारीविहीन नेतृत्व जामको असन्तोषका कारण यस्तो अवस्था आएको पत्रकार कालीबहादुर मल्लले बताए ।

उनले भने ‘जब सत्तामा रहेका दलहरू जनताको माग र आकांक्षाबाट क्रमशः टाढिँदै गए, जब राज्य संयन्त्र जनसेवाबाट विचलित भएर स्वार्थ र सत्ताको बन्दी बन्यो तब नयाँ पुस्ताले सडकमा आवाज उठाउन बाध्य भएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गृहमन्त्री अर्याल भन्छन्- संवादबाटै समस्या समाधान गर्न चाहन्छौँ

२०८२ आश्विन २५, शनिबार १८:४४
काठमाडौँ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।वर्तमान सुरक्षा अवस्थाको विशेषण गरी आवश्यक कदम चालन बालुवाटारमा उच्चस्तरीय बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.