जाँचबुझ आयोगबाट केपी शर्मा ओलीको स्थानहद फुकुवा

डाेरखबर समाचारदाता   ।   २०८२ पुष २१, सोमबार १७:१६

काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनको घटनाबारे गठित जाँचबुझ आयोगले तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा गरेको छ ।

आइतबार जाँचबुझ आयोगले ओलीसँग बयान लिएको थियो । त्यससँगै उनको स्थानहद फुकुवा गरिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।

जेनजी आन्दोलन जाँचबुझ आयोगले छानबिन सुरु गरेपछि तत्कालिन प्रधानमन्त्री ओलीसहित तत्कालीन अधिकारीहरुलाई स्थान हद लगाएको थियो । अरु सबैको स्थान हद फुकुवा भए पनि ओलीको बाँकी थियो ।

ओलीमाथि गत असोज १२ गतेको आयोगको बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो । यसअघि आयोगको असोज १२ गतेको बैठकले अनुसन्धानको दायरामा रहेका कारण उनलाई उपत्यका छाड्न र विदेश जान रोक लगाएको थियो ।

जेनजी आन्दोलनको सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको सम्बन्धमा सोधपुछको काम सकिएकाले उनको विदेश भ्रमण रोक्का र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य सम्पन्न भइसकेकोले फुकुवा गरिदिएको शर्माले जारी विज्ञप्तिमा उल्लेख छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जेनजी आन्दोलनको घटनाबारे जाँचबुझ आयोग गठन भएको हो ।

सौर्य अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गगन र विश्वलाई काँग्रेसले गर्‍यो पाँच वर्षको कारबाही

२०८२ पुष २१, सोमबार १७:१६
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ-आफ्नो भूमिकामा फर्किन भनेको छ । पार्टी […]

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.