गगन र विश्वलाई काँग्रेसले गर्‍यो पाँच वर्षको कारबाही

डाेरखबर समाचारदाता   ।   २०८२ माघ १, बुधबार १६:२१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ-आफ्नो भूमिकामा फर्किन भनेको छ ।

पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको बताइएको छ । पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले आह्वान गरेका थिए । तर, थापा र शर्मा सहभागी केन्द्रीय समितिको बैठकले नै पार्टीको नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति गरेको थियो । उनीहरूले उक्त निर्णयमा फरक मत राखेका थिए ।

विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्द सत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए ।

पार्टी विभाजन रोक्न भन्दै विभिन्न चरणमा नेताहरू छलफलमा बसेका थिए । मंगलबार नेताहरूले तीन चरणमा छलफल गरेका थिए । आज बिहानमात्रै महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । उक्त छलफलले पनि निकास निकाल्न सकेन । विशेष पक्षका महामन्त्रीद्वयले निर्वाचन समितिलाई कारबाही अघि बढाउन निर्देशन दिए । सोहीअनुसार सभापति पदमा गगन थापाको नाम दर्ता गरिएको छ ।

निर्वाचन समितिले अन्य पदाधिकारीमा पनि मनोनयन भइसकेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको मान्यता

२०८२ माघ १, बुधबार १६:२१
काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ। पार्टीभित्र देखिएको विवाद र विभाजनपछि आयोगले दुवै पक्षका कागजात, निर्णय र दाबी अध्ययन गर्दै थापा नेतृत्वको समूहलाई वैधानिक ठहर गरेको हो। गगन थापा पक्षले विशेष महाधिवेशनमार्फत नेतृत्व चयन गरिएको र बहुमत प्रतिनिधिको समर्थन रहेको दाबी गर्दै […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.