गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको मान्यता

कालीबहादुर मल्ल   ।   २०८२ माघ ३, शुक्रबार १९:५४

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ। पार्टीभित्र देखिएको विवाद र विभाजनपछि आयोगले दुवै पक्षका कागजात, निर्णय र दाबी अध्ययन गर्दै थापा नेतृत्वको समूहलाई वैधानिक ठहर गरेको हो।

गगन थापा पक्षले विशेष महाधिवेशनमार्फत नेतृत्व चयन गरिएको र बहुमत प्रतिनिधिको समर्थन रहेको दाबी गर्दै आयोगमा कागजात पेश गरेको थियो। सो महाधिवेशनबाट थापा निर्विरोध सभापति चयन भएका थिए।

यस निर्णयप्रति शेरबहादुर देउवा पक्षले असन्तुष्टि जनाएको छ। देउवा पक्षले विशेष महाधिवेशन असंवैधानिक भएको, हस्ताक्षर फिर्ता लिइएको र प्रक्रिया नियमविपरीत भएको दाबी गर्दै आयोगमा आपत्ति दर्ता गराएको थियो।

निर्वाचन आयोगको यो निर्णयसँगै नेपाली कांग्रेसको आधिकारिक नेतृत्व, चुनाव चिह्न र संगठनात्मक हैसियत गगन थापा पक्षको हुने स्पष्ट भएको छ। यसले आगामी निर्वाचन र राजनीतिक समीकरणमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखमा सुनिता डंगोल

२०८२ माघ ३, शुक्रबार १९:५४
काठमाडौं : काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छन्। मेयर बालेन शाहले राजीनामा दिएसँगै उनले स्वत: कार्यवाहकको जिम्मेवारी पाएकी हुन्। मेयरले पदबाट राजीनामा दिएपछि स्वत: उपमेयरले कार्यवाहक पाउने स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार उनले जिम्मेवारी पाएकी हुन्। राजीनामा दिएर मेयर शाह बनस्थलीस्थित रास्वपा कार्यालय पुगेका छन्। कार्यालय […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.