काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखमा सुनिता डंगोल

डाेरखबर समाचारदाता   ।   २०८२ माघ ५, आईतवार १८:३८

काठमाडौं : काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छन्। मेयर बालेन शाहले राजीनामा दिएसँगै उनले स्वत: कार्यवाहकको जिम्मेवारी पाएकी हुन्।

मेयरले पदबाट राजीनामा दिएपछि स्वत: उपमेयरले कार्यवाहक पाउने स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार उनले जिम्मेवारी पाएकी हुन्।
राजीनामा दिएर मेयर शाह बनस्थलीस्थित रास्वपा कार्यालय पुगेका छन्। कार्यालय पुगेर उनले वरिष्ठ नेताको पदभार समेत ग्रहण गरिसकेका छन्।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका शाह झापा-५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने तयारीमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटका किशोरीहरुका लागि एचपीभी खोप अभियान सञ्चालन हुँदै

२०८२ माघ ५, आईतवार १८:३८
कालिकोट माघ २४ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कालीकोट जिल्लामा १८ सय १३ किशोरीलाई एचपीभी खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटले शनिबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा जिल्लाका १८ सय १३ भन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइने जानकारी दिएको हो । स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार जिल्लाका […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.