कालिकोटका किशोरीहरुका लागि एचपीभी खोप अभियान सञ्चालन हुँदै

कालीबहादुर मल्ल   ।   २०८२ माघ २५, शनिबार १३:३१

कालिकोट माघ २४ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कालीकोट जिल्लामा १८ सय १३ किशोरीलाई एचपीभी खोप लगाइने भएको छ ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटले शनिबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा जिल्लाका १८ सय १३ भन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइने जानकारी दिएको हो ।


स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार जिल्लाका ९ स्थानीय तहका १ सय ३२ खोप केन्द्रमार्फत १८ सय १३ किशोरीलाई खोप लगाइने जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए ।
उनका अनुसार विद्यालयमा अध्ययनरत र विद्यालय बाहिर रहेका ३२ किशोरी गरी कुल १८ सय १३ किशोरीलाई एचपीभी खोप लगाइने लक्ष्य लिइएको छ ।
पहिलो चरणमा फागुन ४ र ५ गते पलाँता,पचालझरना,सान्नित्रिवेणी, नरहरिनाथ,शुभकालिका गाउँपालिका तथा रास्कोट नगरपालिका,खाँडाचक्र नगरपालिकामा दिइने छ । भने दोस्रो चरणमा महावै गाउँपालिका र तिलागुफा नगरपालिका फागुन ८ र ९ गते लगाइने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
स्वास्थ्य सेवा कार्यालयका डा. कमल भण्डारीले पाठेघरको मुखको क्यान्सर महिलामा गम्भीर स्वास्थ्य समस्याका रूपमा देखिँदै गएको बताए ।
उनका अनुसार ३० वर्षभन्दा माथिका महिलाले अनिवार्य रूपमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउनुपर्ने र ३० वर्षभन्दा कम उमेरमै जटिल लक्षण देखिएमा उमेर नपुगे पनि परीक्षण गराउन सकिने व्यवस्था रहेको छ ।
विवाहित महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम बढी देखिने भएकाले पहिलो यौन सम्पर्कअघि नै एचपीभी खोप लगाउनु प्रभावकारी हुने उनले बताए ।
यही कारण कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।
जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित बहादुर शाहीले पाठेघरको मुखको क्यान्सर प्रत्येक महिलासंग सम्बन्धित समस्या भए पनि यसप्रति पर्याप्त चासो नदिइएको बताए । उनले जिल्ला बाहिर रहेका किशोरीलाई खोपबाट छुट्न नदिन सबैले समन्वय गर्नुपर्ने बताए ।
स्वास्थ्य कार्यालयका अनुसार सरकारले प्रदान गर्ने एचपीभी खोप पूर्ण रूपमा निःशुल्क र सुरक्षित रहेको छ।
महिलालाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन खोप, नियमित स्क्रिनिङ तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।
कालीकोट जिल्लामा अघिल्लो वर्षमा ९८.३ प्रतिसत खोप दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धादिङ बस दुर्घटना : १७ जनाको घटनास्थलमै मृत्यु, २४ जना घाइते

२०८२ माघ २५, शनिबार १३:३१
११ फागुन, काठमाडौं । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसेगौंडा नजिक पृथ्वी राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस सोमबार बिहान करिब १ः३० बजे त्रिशूली नदीमा खस्दा दुर्घटना भएको […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.