नागरिक समाजको अध्यक्षमा कमल शाही

doorkhabar.com

doorkhabar.com   ।   २०८१ फाल्गुन १३, मंगलवार १८:१०

 कालीकाेट, जिल्लाको शुभकालिका गाउँपालिकाकाे नागरिक समाजको अध्यक्षमा कमल बहादुर शाही लाई सर्वसम्मत चयन गरिएको छ । मङ्गलबार एक कार्यक्रमका बीच नागरिक समाजको नयाँ कार्यसमिति गठन गरिएको हाे । विगत लामो समयदेखि शुभकालिका गाउँपालिकामा नागरिक समाजले हरेक क्षेत्रमा वकालत गर्दै आइरहेको छ।

नागरिक समाजका अध्यक्ष नमराज नेपालीको सभाध्यक्षता, शिक्षा शाखा प्रमुख नवराज आचार्य, महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अमृता अधिकारीको विशेष अतिथितामा कार्यक्रम गरिएको थियो। कार्यक्रममा नागरिक समाजले गर्नुपर्ने काम कर्तव्यको बारेमा अधिकारीले जानकारी गराउनुभएको थियो। नागरिक समाज भन्नाले कुनै पनि समाजमा रहेका नागरिकहरूको स्वेच्छिक, स्वतन्त्र, र संगठित रूपमा क्रियाशील रहने क्षेत्रलाई जनाउँछ।

 यसमा सरकार वा निजी क्षेत्रबाहेकका संस्था, समूह, तथा व्यक्तिहरू समावेश गरिएको छ। जसले सामाजिक, सांस्कृतिक, आर्थिक, वा राजनीतिक विषयमा प्रभाव पार्ने प्रयास गर्ने नागरिक समाजका अगुवाहरूले बताएका छन्। नागरिक समाजले सरकारलाई उत्तरदायी बनाउन, भ्रष्टाचारविरुद्ध आवाज उठाउन, मानव अधिकारको प्रवर्द्धन गर्न, र सामाजिक न्याय सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहने नागरिक समाजका अगुवाहरूले बताएका हुन् । शुभकालिका गाउँपालिका भरिका वडा नं १ देखि ८ सम्मका नागरिक हरुकाे सहभागीतामा नागरिक समाजको २७ सदस्य नयाँ कार्यसमिति गठन गरिएको हो। कमल बहादुर शाही अध्यक्ष ,लगाएत अन्य सदस्य रहने गरी नयाँ कार्यसमिति गठन गरिएको छ।

संस्थाको दूरदृष्टि, मिशन, र लक्ष्य पुनरावलोकन गर्ने काम गर्ने रणनीति तयार पार्न बैठक आयोजना गरिने नागरिक समाजका मुद्दाहरू ,मानव अधिकार, सुशासन, सामाजिक न्याय आदिनेमा केन्द्रित योजनाहरू बनाउने अध्यक्ष शाहीले बताए । नेतत्व क्षमता, समन्वय, र पारदर्शिता कायम राख्दै नागरिक समाजलाई मजबुत बनाउनेतर्फ लाग्ने सही योजना, सक्रिय सहभागिता, र प्रभावकारी रणनीतिले नागरिक समाजलाई समाजमा वास्तविक परिवर्तन ल्याउने शक्तिशाली संगठन बनाउन समन्वयात्मक भूमिका खेल्ने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्ववियु निर्वाचन लाई लक्षित गर्दै अनेरास्ववियु कालीकाेटकाे दल दर्ता

२०८१ फाल्गुन १३, मंगलवार १८:१०
 कालिकोट ,  त्रिभुवन विश्व  विद्यालय  अन्तरगत   जनचेतना बहुमुखी क्याम्पस मेहेलमुडी र  नन्दादेवी बहुमुखी  क्याम्पस अन्तरगतका क्याम्पसमा  हुन गईरहेकाे स्ववियु  निर्वाचनका लागी कालिकोटमा  अनेरास्ववियुले दल दर्ता गरेकाे छ । आसन्न स्ववियु निर्वाचन लाई लक्ष्यित गर्दै तिन ठुला राजनितिक दलमा आबद्व विद्यार्थि संगठन लगाएत अन्य संगठनहरूले पनि संगठनहरू  दर्ता गरेका हुन् ।  […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.