कालिकोट , त्रिभुवन विश्व विद्यालय अन्तरगत जनचेतना बहुमुखी क्याम्पस मेहेलमुडी र नन्दादेवी बहुमुखी क्याम्पस अन्तरगतका क्याम्पसमा हुन गईरहेकाे स्ववियु निर्वाचनका लागी कालिकोटमा अनेरास्ववियुले दल दर्ता गरेकाे छ ।
आसन्न स्ववियु निर्वाचन लाई लक्ष्यित गर्दै तिन ठुला राजनितिक दलमा आबद्व विद्यार्थि संगठन लगाएत अन्य संगठनहरूले पनि संगठनहरू दर्ता गरेका हुन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले पनि कालिकाेटका दुई क्याम्पस जनचेतना बहुमुखी क्याम्पस मेहलमुडी र नन्दादेबि बहुमुखि क्याम्पसमा आगाकि चैत ५ गते हुने स्ववियु चुनाव लाई लक्षित गर्दै संगठन दर्ता गरेकाे अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु कालीकाेटका अध्यक्ष पसल बमले जान्कारी दिनु भयाे ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नेपालमा सक्रिय विद्यार्थी संगठन भएकाे र जसले विभिन्न शैक्षिक, राजनीतिक, तथा सामाजिक मुद्दामा आन्दोलन गर्दै आएको बमले बताउनु भयाे । यस संगठनको मुख्य उद्देश्य विद्यार्थीकाे हकहितको संरक्षण, शैक्षिक सुधार, तथा समाज रूपान्तरणका लागि संघर्ष गर्नु हो। अनेरास्ववियुले विभिन्न समयमा आन्दोलन, प्रदर्शन, र क्याम्पसस्तरीय गतिविधिहरू सञ्चालन गर्दै आएको बमकाेभनाई छ ।यस्तै नन्दादेबि बहुमुखि क्याम्पसमा पनि संगठन दर्ता गरेकाे अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु कर्णाली प्रदेशका सचिव धर्म शाहीले बताउनु भयाे ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले विद्यार्थी शुल्क वृद्धि विरोध,निःशुल्क तथा गुणस्तरीय शिक्षाका लागि दबाब,छात्रवृत्ति, छात्रवास, र शैक्षिक सुविधाको सुनिश्चितता,पाठ्यक्रम परिमार्जनको माग,परीक्षा प्रणाली सुधार र समयमै नतिजा प्रकाशनका लागि दबाब,शैक्षिक संस्थाहरूमा पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता अनेरास्ववियुले राजनीतिक तथा सामाजिक गतिविधिहरूमा विद्यार्थीलाई सामाजिक तथा राजनीतिक रूपले सचेत बनाउने ,विभिन्न राष्ट्रिय मुद्दामा आन्दोलन तथा दबाबमूलक कार्यक्रम सञ्चालन,भ्रष्टाचार, बेरोजगारी, र अन्य सामाजिक समस्याहरूविरुद्ध आवाज उठाउने लगाएतका कामहरु गरेकाे बताए । आपत्कालीन सहयोग र राहत अभियान अन्तरगत प्राकृतिक विपत्ति तथा संकटमा राहत वितरण,रक्तदान, स्वास्थ्य शिविर, तथा अन्य सामाजिक सेवा अभियान सञ्चालन गरेकाे छ । अन्तर्राष्ट्रिय विद्यार्थी मञ्चहरूमा सहभागिता ,अन्य विद्यार्थी संगठनहरूसँग सहकार्य,अन्तर्राष्ट्रिय विद्यार्थी मञ्चहरूमा नेपालको प्रतिनिधित्व
गरेको छ ।





