कालीकाेट । दीर्घ बहादुर शाहीको ‘जीवन एक बिम्ब अनेक ” मुक्तक संग्रह बजारमा आउन लागेको छ। शुक्रबार फेस्बुकमा एक पोस्टर सार्वजनिक गर्दै उक्त संग्रह पुस्तक बजारमा ल्याउन लागेको बताउनुभएको हाे। आफू एक कविका रूपमा विस्थापित हुन खोजिरहेको र बजारमा मुक्तक संग्रह ल्याउन लागेकाे शाहीकाे भनाइ रहेको छ। शाही नेपाली लेखक संघ कालीकाेटका सचिव समेत हुन् । विशेषगरी त आफू मुक्तक, गजल ,कविता हरु लेख्ने गरेको बताउनुभयो। मुक्तक संग्रह भनेको विभिन्न मुक्तकहरू संकलन गरिएको पुस्तक वा कृति आफ्नो रहेको बताए । मुक्तक एक स्वतन्त्र चार पंक्तिको छन्दबद्ध काव्य हो, जसमा कुनै एक विशेष भाव, विचार, प्रेम, व्यंग्य, जीवनदर्शन, समाज आदि अभिव्यक्त गरिएको बताइएको छ। मुक्तकहरू एकअर्कासँग कथानक वा प्रसंगले जोडिएका नहुन सक्छन्, तर तिनीहरू एउटै विषयवस्तु वा शैलीको आधारमा संकलन गरिएका हुन्छन्। नेपालमा प्रसिद्ध मुक्तक संग्रहहरूमा “गुन्यूचोली” (कृष्ण भक्त राई), “गुँरास फुल्छ गुँरास झर्छ” (रामप्रसाद ज्ञवाली), “सूर्यास्तपछि” (कवि बैरागी काइँला) आदि उल्लेखनीय रहेकाे शाहीको भनाइ छ । आफू कालिकोटबाट मुक्तक, गजल , कविता बाट केही सन्देश दिन खोजिरहेको बताउनुभयो ।
शाहीका केही मुक्तकहरू यस्ता रहेका छन्।
मुक्तक १
पिडा छोडेर हासो अन्तै फरार हुन्छ
फुटेको छ यो दिल जहिले परार हुन्छ
आयौं वर्षा बनेर यही आगनमा तिमी
सकिन अञ्जुली भर्न नजरले प्यार हुन्छ
मुक्तक २
छाना बनाए त्यो गाउँको सहर भेटियो
रोपे अमृत फलाउ भनी, जहर भेटियो
बचपन प्यारो लाग्थ्यो स्कुल जादा संगै
बढ्दै गयो जवानी आज अभर भेटियो
मुक्तक ३
फुल धागो गाँसेरै बन्ने हार हो जिन्दागानी
मागे जती दिन सँकु उदार हो जिन्दागानी
खपेर जम्मै हरदम पीडा रम्दछु रिपुकै सामु
छर्दै ती हँसाउने खुसी प्यार हो जिन्दागानी