काठमाडौं/ नेपालमा आज थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज सुनसरीका ३७, ८९ र ९० वर्षीय तीन पुरुष, काठमाडौँकी ७१ वर्षीय एक महिला र ६३ र ६७ वर्षीय दुई पुरुष, ललितपुरका ५० वर्षीय एक पुरुष, चितवनकी ४० वर्षीय एक महिला र रुपन्देहीका ७४ वर्षीय एक पुरुषको निधन भएको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।





