खबरखाेज/कालिकाेट । चुनावकाे समयमा जनतासामु राखेका बाचा र प्रतिवद्वता पूरा गर्ने अभियानमा तिलागुफा सरकार लागेकाे छ ।
जस अन्तरगत तिलागुफा नगरपालिका भित्रका ११ वटै वडा हरुमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन पुराउने योजना अनुरुप अभियानकाे सुरुवात भएकाे हाे । साउन २२ गते सम्म वडा नम्वर ३ फोइमहादेव र वाडानं ४ काे राँचुलिमा राष्ट्रिय प्रसारण लाईन जोडि अन्धकार हटाउन लागिएकाे तिलागुफा नगर उपप्रमुख महेन्द्रबहादुर शाही प्रबिधिक टेालिकासाथ मंगलबार फाेइमहादेव पुग्नु भयको छ । उहाले यसपछि जुबिथा, खल्ला र छाप्रेमा लाईन तान्ने काम सुरु गरिने बताउनु भएकाे छ । यो बर्षको अन्त्यसम्म नगरपालिका भित्रका ११ वटा वडाहरुमै प्रसारण लाईन पुगाइने भएकाे छ ।
चुनावी बाचा पूरा गर्ने अभियानमा तिलागुफा सरकार





