खबरखाेज/ कालिकाेट । प्ररहरीले कालिकाेेट लगाएत विभिन्न स्थानमा बुधबार महिला हिंसा विरुद्द जनचेतनमुलक कार्यक्रम सञ्चालन गरेकाे छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मातहत इप्रका थिर्पुमा प्रनानि दिर्ग बहादुर शाहीको कमाण्डमा ५ जनाको प्रहरी टोलीले पलाता गापा- ९ काे सरस्वती मावि थिर्पुमा महिला हिंसा न्यूनिकरण सम्वन्धि जनचेतनामुलक कार्यक्रमहरु गरेकाे डिपिअाे कालिकाेटकाे फेसबुक पेजमा जानकारी गराइएकाे छ ।यसैगरी कर्णाली प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालयहरु सुर्खेत, कालिकोट, मुगु, रुकुम पश्चिम र जुम्लाका बिभिन्न स्थानहरुमा गाजा फडानी, बाढी पहिरो बाट कसरी बच्ने , मानव बेचबिखन तथा ओसार-पसार , सरसफाई, सडक दुर्घटना, जातिय विभेद, लागु ओषध, बहु बिवाह सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएकाे छ । कार्क्रममा स्थानिय जनप्रतिनिधी, समाजसेवी, बुद्दिजिवी तथा सर्वसाधारणहरुको उपस्थिति रहेकाे वताइएकाे छ ।
प्रहरीद्वारा कालिकाेट लागाएतका विभिन्न ठाउँमा जनचेतनामुलक कार्यक्रम सञ्चालन





