डाेरखबर/कालिकोट — भोटेकोशीमा आएको बाढीका कारण कालिकोटका ६ जना सम्पर्क विहीन भएका छन् ।
सम्पर्कविहीन हुनेमा खाँडाचक्र नगरपालिका –९ पाँखा माइतिघर भइ साेही नपा –५ निवासी रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे स्वास्थ्य चौकिमा कार्यरत अनमी सरिता मल्ल, उनका ३ महिनाका छोरा काव्यांश शाही र उनकी नन्द दुर्गा शाही रहेका छन् । यस्तै रसुवास्थित जलविद्युत् आयोजनामा कार्यरत नरहरीनाथ गाउँपालिका–१ सोतरगाउँका अनिपाल विष्ट र धिरेन्द विष्ट रहेका छन् भने र पलाता गाउँपालिकाका लक्ष्मण परिवार रहेको प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराइले जनाकारी दिनुभएकाे छ ।
प्रमुख जिल्ला अधिकारी भट्टराइका अनुसार बेपत्ता परिवारको जानकारी अनुसार मौखिक खबर प्राप्त भएको उल्लेख गर्दै यकिन बुझ्ने क्रममा रहेको जानकारी दिनुभयाे ।
रसुवाका प्रहरी प्रशासन र सम्बन्धित क्षेत्रका जनप्रतिनिधि र कम्पनी संग खोज उद्धारको लागी पहल गरिरहेको उनले बताउनु भएकाे छ ।
रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या हालसम्म १ सय ७७ पुगेको छ । अहिलेसम्म १७७ जनाको शव भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले डाेरखबरलाई बताउनु भयाे । उहाँका अनुसार अहिलेसम्म चितवनको नदी तटीय क्षेत्रमा सबैभन्दा धेरै शव भेटिएका छन् ।
चितवनमा ५२ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाले जानकारी दिनु भयाे । उहाँका अनुसार हालसम्म बागमती प्रदेशका जिल्लाहरूमा १०६ जनाको शव भेटिएको छ । गण्डकी प्रदेशमा पर्ने गोरखा र पूर्वी नवलपरासीमा पनि नदी तटमा भेटिएको शव निकाले प्रहरीले पहिचान गर्ने प्रयास गरिरहेको छ ।

भोटेकोशी नदीको बाढीका कारण सम्पर्कविहीन पर्यटकको संख्या ६४४ पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ । सबैभन्दा धेरै १७८ भारतीय, १२७ नेपाली, ६५ अमेरिकी र ५३ युक्रेनी पर्यटक सम्पर्कविहीन छन् । मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ पर्यटक पनि वेपत्ता रहेको बोर्डले जनाएको छ ।





