प्रतिभा ऐडि/ कालिकाेट । लगातारको वर्षाले गर्दा बाली नाली मा ठुलो क्षेति पुर्याएको छ। दसैँको टीका थापेर बालीनाली भित्र्याउने तरखर मा जुटेका कालिकोटका किसानहरु आइतबार बाट लगातार परेको बर्षाका कारण किसान हरु निकै चिन्तित भएका छ्न्न।
लगातारको वर्षाका कारण खेतमा काटेको धान समेत खेत मै रहेको रास्कोट नगरपालिका वडा नं.२निवासी मनामे कुमाल ले दुखेसो पोखेका छ्न। , ‘वर्ष भरी दु:ख गरि गरि अन्तिममा आएर काटेर सुकाउन लगाएको बाली मुख मा पर्न लागेको बेला अविरल बर्षा का कारण खेत बारिमा नै कुहिन लागेको छ। मान्छेले त दु:ख दिन्थे भन्ने थाहा पाएको थिए। तर आज मौसम ले पनि दुख दिदोरहेछ । चाडपर्व नजिकिदै गर्दा अब आफुले आफनै खेत बारिमा उब्जाएको चामल को भात खाने सपना सपनामै रहेको अर्का किसान रास्कोट नगरपालिका वडा न.२का लालबहादुर बम ले गुनासो गर्नु भएको छ ।
यो समयमा कालिकोटका सबै जसो ठाउँमा बाली भित्र्याउने तरखरमा हरेका छ्न्न । लगातार वर्षात कारण किसानले लगाएको खेती खेतमै कुहिने भएपछी किसानहरू निकै चिन्तीत रहेका छ्न्न ।





