प्रतिभा ऐडि / कालिकोट । तिन दिनदेखि लगातार बर्षाले यस जिल्लाको महावै गाउँपालिका–७ राम्नी गाउँमा सोमबार राति एक घर भत्किदा सोही ठाउँकी १८ बर्षिया स्मृति अधिकारीको मृत्युु भएको छ ।
विष्णलाल अधिकारीको जिर्ण अवस्थामा रहेको घरभित्र च्यपएिर स्मृतिको मृत्यु भएको हो भने अधिकारीकी १५ बर्षीया छोरी इनीशा अधिकारी घाइते भएकि घाइते भएको प्रहरी चौकी पदमघाटले जनाएको छ ।
यस्तै महावै गाउँपालिका वडा–७ राम्नीमा १५ घर उच्च जोखिममा रहेका कारण सोमबार राति जोखिममा रहेका घरपरिवारलाई राम माध्यमिक विद्यालयमा सारिएको महावै गाउँपालिका उपाध्यक्ष मनराज शाहीले जानकारी गराउनु भएको छ । उहाँका अनुसार घाइते तथा जोखिममा रहेका घरहरुको उद्धारका लागि स्थानीय सरकार र प्रहरीले पहल गरिरहेको छ ।
यस्तै बर्षका कारण खाँडाचक्र ८ दशला माथिले दलित टोलका १८ घर पहिरोको उच्च जोखिममा परेपछि सवैले घर छोडेर विस्थापित भएको स्थानीय समाजसेवी रवि नेपालिले वताएका छन ।
यस्तै जिल्लाको विभिन्न भागमा पाकेर काटिएको धानवाली नष्ट भएपछि किसानहरु मर्कामा परेका छन





