कालीकाेट, जिल्लाकाे शुभकालिका गाउँपालिका पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएकाे छ । ‘श्राेतकाे उपयाेग स्वामित्व र सहभागीता पूर्णखाेप पालिका हाम्रो प्रतिवद्वता” भन्ने मुल नाराका साथ गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीकाे सभा अध्यक्षतामा बिहीबार घाेषणा गरिएको हाे ।
कार्यक्रममा शुभकालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बहादुर शाहीले पूर्णखोप सुनिश्चितता जनसंख्याको सबै वर्गलाई आवश्यक पर्ने सम्पूर्ण खोपहरू उपलब्ध गराई सुनिश्चितता घोषणा गरिएको बताउनुभएको थियो । यस कार्य (खोप सुनिश्चितता) लाई दीर्घकालीन रूपमा गाउँपालिकाले निरन्तरता दिने प्रतिबद्धता गरेकाे समेत बताउनु भयाे ।
आज एक कार्यक्रमका बिच ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा’ का सबै चरणहरू पार गरी नागरिकलाई आवश्यक सबै खोपहरू उपलब्ध गराउने समेत बताउनु भएकाे थियाे । सबै चरणहरूमा खोप छुटेका बालबालिकालाई २०८२ वैशाख ३१ गते खोप लगाइएको बताए । यस्तै ८ वटै वडाहरूलाई पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरि अन्तिमचरणमा पालिका घोषणा गर्नलागेकाे बताउनु भयाे । पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गर्ने वडाहरूलाई कार्यक्रममा प्रशंसा पत्र सहित सम्मान गरिएको थियो।
कार्यक्रममा शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीकाे सभा अध्यक्षता, जिल्ला समन्वय समितिकी उपप्रमुख मिना रावल (विश्वकर्मा) को प्रमुख अतिथिता , जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटक बहादुर महतको विशेषता , वडा नम्बर ५ का वडाध्यक्ष मिम बहादुर शाही, ८ का वडा अध्यक्ष दिपराज महतारा , शुभकालिका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केन्द्र बहादुर शाहीकाे विशेष अतिथ्यता लगाएत सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सहभागितामा भव्य रूपमा कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष शाहीले भन्नू भसयाे शुभकालिका गाउँपालिका पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा नाममा मात्र सीमित नराख्ने बताउनुभएको छ । पालिका स्तरबाट नमुना सर्वेक्षण गरी छुटेका बालबालिकाहरूलाई पून खोप लगाई आज घोषणा गरिएको बताउनु भयाे ।
दिगपना घोषणा गर्न सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी स्वयंसेविका ८ वटै वडाका वडाअध्यक्ष स्वास्थ्य शाखालाई धन्यवाद समेत दिनुभएको थियो। यस्तै जिल्ला समन्वय समितिकी उपप्रमुख मिना रावल (विश्वकर्मा)ले शुभकालिका गाउँपालिका पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा हुनु आफैमा गर्वको कुरा रहेको बताउनुभएको थियो।साथै दिगाेपना घाेषणा नाममा मात्र सिमित नराख्न अनराेध समेत गर्नुभएको थियो ।





