कालिकोट पहिरोमा परि एकै परिवारका ६ जनाको मृत्यु

कालीबहादुर मल्ल   ।   २०७७ श्रावण ३०, शुक्रबार ११:०३

कालीबहादुर मल्ल/कालिकोट साउन ३० । गएरातिको अविरल वर्षाका कारण महावै गाउँपालिका–३ नकुमा पहिरोले घर पुर्दा ६ जनाको मृत्यु भएको छ ।
पहिरोमा परेर रजबहादुर विष्टका १३ वर्षीय छोरा पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, १८ वर्षीय सविना विष्ट र १५ वर्षीय आशा विष्टको मृत्यु भएको छ । सोही घरमा सुतिरहेका रजबहादुरका दाजु डिलबहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेशा विष्टको पनि मृत्यु भएको हो ।
बिहीबार राति साढे १२ बजे वडा सदस्य रजबहादुर विष्टको घर पहिरोले पुरेर ६ जनाको मृत्यु भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी श्याम आलियाले बताउनु भएको छ ।
पहिरोका कारण ३५ घरधुरी रहेको नकु गाँउ उच्च जोखिममा रहेको स्थानीय चित्रसिंह गाउँलेले वताउनुभएको छ ।
यस्तै कालिकोटकै नरहरिनाथ गाउँपालि–३ धारीमा पहिरोले घर पुर्दा दुई जना गम्भीर घाइते भएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्दिर प्रवेश गर्न खोजेको भन्दै दलितमाथि कुटपिट

२०७७ श्रावण ३०, शुक्रबार ११:०३
कालीकोट- साउन ३२- शुभकालिका गाउँपालिका–४ मुग्राहाका २५ वर्षीय पङ्खबहादुर बिकलाई सोही ठाउँका २३ वर्षीय अर्जुन शाही, २२ वर्षीय कमल शाही, १९ वर्षीय युवराज शाहीलगायतको समूहले कुटपिट गरेको पीडित पक्षको आरोप छ । शुभकालिका गाँउपालिका–७ स्थित मच्छेवाडीमा रहेको धबलपूरा देवताको पूजा गर्न मन्दिरभित्र प्रवेश गर्न खोज्दा साउन २६ गते पीडितलाई आरोपितहरूले […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.