शुभकालिका गाउँपालिकाले पनि मनायो राष्ट्रिय धान दिवस

doorkhabar.com

doorkhabar.com   ।   २०८२ असार १५, आईतवार २०:३९

कालीकाेट , जिल्लाकाे शुभकालिका गाउँपालिकाले २२ औँ राष्ट्रिय धान दिवस मनाएको छ । शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीको नेतृत्वमा राष्ट्रिय धान दिवस दिनभर उत्साह पूर्ण रूपमा मनाइएको थियो। धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता भन्ने मूल नाराका साथ २२ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी शुभकालिका गाउँपालिका वडा नं ५ चंग्रराईलामा मनाइएको हाे ।

उक्त कार्यक्रममा शुभकालिका गाउँपालिकाका सम्पूर्ण कर्मचारी, स्थानीय नागरिक, पत्रकार, नागरिक समाज, लगायत, सम्पूर्ण  सरोकारवालाहरूको सहभागितामा भव्य कार्यक्रम गरिएको थियो । नेपालमा गाउँपालिकाले प्रत्येक वर्ष असार १५ (जून २९) लाई राष्ट्रिय धान दिवसका रूममा मनाउँदै आइरहेको छ । असार १५ लाई भारतीय वर्षा सुरु हुने समयमा धान रोपाइँको औपचारिक शुभारम्भ मानिन्छ  । यो परम्परा धेरै पुरानो छ र सरकारले यसलाई सन् २००४ (२०६१ बीएस) मा औपचारिक रूपमा राष्ट्रिय धान दिवस घोषणा गरेको छ।

धान देशको मुख्य अन्न भएकाले धान उत्पादन बढाएर खाद्य सुरक्षालाई बलियो बनाउने, आत्मनिर्भरता बढाउने र आयात घटाउने उद्देश्यले याेदिवस मनाइयाेकाे   गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले बताउनु भयाे । यस पर्वले किसानहरुमाझ सहकार्य, स्थानीय संस्कृति र कृषि परम्पराहरूप्रति आत्मगौरव जगाउँने बताउनु भयाे ।

रोपाइँ गर्ने क्रममा गीत  मागल झाेडा आदिईत्यादी गित हरु  गाइन्छ, माटोमा खेलिन्छ, अनि “दही चिउरा” खाएर उमंग तथा जोश बढाइएको गाउँपालिकाकी उपाध्यक्ष शाहीले बताउनुभयो । सरकारले धान उत्पादनमा आधुनिक प्रविधि, मौसम‑अनुकूल खेती, सिंचाइ सुधार, मल तथा बीउको सहजमा पहुँच पुर्‍याउने जस्ता  कार्यक्रमहरू अघि सार्ने बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सहकारीमा आवद्ध महिला सदस्यहरूका लागि सहकारी ब्यवस्थापन सम्बन्धि तालिम सम्पन्न 

२०८२ असार १५, आईतवार २०:३९
कालीकाेट। जिल्लाकाे शुभकालिका गाउँपालिकामा सहकारीमा आवद्ध महिला सदस्यहरूका लागि सहकारी ब्यवस्थापन सम्बन्धि एक दिने तालिम  दिएकाे छ ।शुभकालिका गाउँपालिकाकाे आर्थिक सहयाेग  ,चुलिमालिका महिला कृषि सहकारी सस्था लिमिटेडकाे आयाेजनामा तालिम दिएको थियाे । शुभकालिका गाउँपालिका १ देखि ८ वडाका सहकारी हरुमा आवद्ध महिला हरु लाई सहकारी मार्फत अत्मनिर्भर बनाउने उदेश्यले तालिमकाे […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.