कालिकोट । तिलागुफा नगरपालिका–१० मा नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रबेश गर्नेको घुइचो लागेको छ ।
एमाले कर्णाली प्रदेश कमिटि सचिवालय सदस्य एबम सोही नगरपालिका उपप्रमुख महेन्दबहादुर शाहीले जनपक्षीय काम गरेको भन्दै सिंगो गाउँनै एमालेमा प्रवेश गरेको हो ।
माओवादी केन्द्र पतियाग गरिए एमालेमा प्रवेश गर्नेहरुमा कालि बहादुर राना,जयालाल थापा,रतन राना,राकेश राना,रमेश राना,चित्र राना,लोग राना रहेका छन् । यसै गरी कृष्न राना,नवराज राना ,प्रकाश राना,हरी राना लगाएत ६० जनाले एमालेमा प्रवेश गरेका छन ।

नवप्रवेशीहरुले एमाले नेता महेन्द्रबहादुर शाहीको खुलेर प्रशंसा गर्नु पर्ने भएको र ०८४ मा मेयरमा जिताउनु पर्ने भएका कारण माओवादी केन्द्र परित्याग गरिएको बताएका छन् ।





