प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जादै

डोरखबर समाचारदाता   ।   २०८२ श्रावण १९, आईतवार ०६:४०

डोरखबर समाचारदाता/काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान जादै छन् ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमण सम्मेलन ५ देखि ८ अगस्ट २०२५ सम्म तुर्कमेनिस्तानको अवाजामा आयोजना हुने बताएको छ ।

प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दीमुहामेदोभ र संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसले सम्मेलनमा आमन्त्रित गरेको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले अति कम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्ष र राष्ट्रिय हैसियतमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले सम्मेलनको उच्चस्तरीय गोलमेच सम्मेलनको सह-अध्यक्षता र अन्य कार्यक्रमहरूलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसका साथै, प्रधानमन्त्रीले सम्मेलनको किनारमा विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरू र संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका अन्य उच्चस्तरीय प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट गर्ने तालिका रहेको छ ।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसदका सदस्य सूर्यबहादुर थापा क्षेत्री र अन्य उच्चपदस्थ सरकारी अधिकारीहरू रहने जानकारी परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली भ्रमण पुरा गरेर अगस्ट ८ मा नेपाल फर्किने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारत हुँदै खाडीमा बेचिन लागेका ४० नेपाली महिला उद्धार, सुरक्षित नेपाल फर्काइए

२०८२ श्रावण १९, आईतवार ०६:४०
२१ साउन, काठमाडौं। भारतमार्ग हुँदै खाडी मुलुकमा बेचिन लागेका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ। दलालको प्रलोभनमा परेका उनीहरुलाई घरेलु कामदारको नाममा गैरकानुनी रूपमा खाडी मुलुक पुर्याउने तयारी थियो। दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतीय प्रहरीको सक्रिय सहयोगमा महिलाहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी बुधबार नेपाल फर्काइएको हो। दूतावासले जनाएको छ […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.