खबरखोज/कालिकोट । जिल्ला खेलकुद विकास समिति कालिकोटको कार्यालय बिहीवार जिल्ला सदरमुकाम मान्ममा उद्घाटन गरिएको छ ।
राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद भन्नने मुल नारा सहित खाँडाचक्र नगरपालिका १ स्थित मान्म बजारमा आज एक कार्यक्रमकाविच उद्घाटन गरिएको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश शाही ( विद्रोही)को अध्यक्षतामा र कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीमन्त्री कुर्मराज शाहीको प्रमुख आतिथ्यतामा कर्यालयको उदघाटन गरिएको सदस्य सचिव हरिवहादुर शाहीले जनाकारी गराउनु भएको छ ।
प्रदेश सरकारको माताहतमा गएपछि कार्यालय उदघाटन कार्यक्रममा कृषि मन्त्री शाहीले जिल्लामा खेलकुद रंगसाला निमार्ण गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।





