कालीकोट | जिल्लाको शुभकालिका गाउँपालिकामा सरकारले गरेका प्रतिबद्धता र UNFPA काे तीनवटा उद्देश्य पूरा गर्न सोही अनुसारको क्रियाकलाप सञ्चालन गर्न बजेट व्यवस्थापनका लागि स्थानीय सरकार मिडिया र GBV सेवाप्रदायकहरुसँग छलफल गरिएकाे छ । सशक्त महिला समृद्ध नेपाल कार्यक्रमकाे सहयोग साेसेक नेपालकाे सहजीकरण, शुभकालिका गाउँपालिकाको आयोजनामा एक दिने बजेट व्यवस्थापनका लागि स्थानीय सरकार मिडिया र GBV सेवाप्रदायकहरुसँग छलफल गरिएकाे हाे ।
सशक्त महिला समृद्ध नेपाल र साेसेक नेपालले शुभकालिका गाउँपालिका वडा नम्बर २ ३ ४ मा अति जोखिममा रहेका बालबालिका क्षेत्रमा काम गरिरहेका छन्। UNFPA त्यस्तो संसारको परिकल्पना गर्दछ । जहाँ हरेक गर्भधारण इच्छित हाेस् , हरेक शिशुको जन्म सुरक्षित होस्, हरेक युवाको सम्भाव्यता भरिपूर्ण होस् यी तीन विषयमा रहेर काम गर्दै आइरहेको EWPN कार्यक्रम साेसेक नेपालका सुदीप रावलले बताए ।
कार्यक्रममा शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यकाे सभाअध्क्षता , उपाध्यक्ष धर्मकला शाहीकाे विशेष अतिथ्यता सम्पूर्ण शाखा प्रमुखहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा आगामी दिनमा गरिने कार्ययोजना समेत तयार गरिएको छ। कार्ययोजनामा स्वास्थ्य, शिक्षा ,लगायतका सन्देशमूलक कार्यक्रमहरू गरिने बताइएको छ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष आचार्यले भन्नुभयो विभिन्न संघसंस्थाहरूलाई आफ्नो पालिकाले भरपुर सहयोग गरेको र अझै आफ्नो गाउँपालिकामा सङ्घसंस्थाहरू थपिने क्रममा रहेको बताउनुभयो।





