कालिकोट पिलीमा अटो दुर्घटनामा परि एक जनाको मृत्यु, तीन जना घाइते

कालीबहादुर मल्ल   ।   २०८३ श्रावण २५, सोमबार १५:३९

कालिकोट । यहाँ खाँडाचक्र नगरपालिका–७ पिलीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते हुनु भएको छ ।
समोबार बिहान करिब ६ः३० बजे पिलीबाट मान्म जादैै गरेको कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो एक्कासि अनियान्त्रीत भएपछि सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।


दुर्घटनामा महाबै गाउँपालिका–५ गेलाका ३५ वर्षीय मंगल शाही उहाकी पत्नी सविना शाही गम्भीर घाइते हुनुभएको थियो । उहाँहरुलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लैजाँदै गर्दा तिलागुफा नगरपालिका–राचुलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी हिमबहादुर खत्रीले जानकारी दिनु भयो ।
दुर्घटनामा महाबै गाउँपालिका–५ का २९ वर्षीय कुलप्रसाद उपाध्याय,महाबै–६ की २६ वर्षीया प्रतिमा आचार्य घाइते हुनु भएको छ । उहाँहरूको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले वताउनु भयो ।
अटो चालक खाँडाचक्र नगरपालिका–७ पिलीका ४७ वर्षीय कृष्णबहादुर मल्ललाई भने चोटपटक नलागेको र प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको र सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला सदरमुकाम मान्मबाट २० किलोमिटर पूर्व मेहेल्या उकालो भन्ने ठाउ नजिकै पर्छ ।
दुइ बालकसहित नौजना यात्रु र तिनवटा ग्यास सिलिन्डर बोकेको अटो अनियान्त्रीत भएपछि भित्तामा ठोकिएको घाइते कुलप्रसादका दाजु मिनप्रसाद उपाध्यायले वताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानिसको मूल्य र मानवता

२०८३ श्रावण २५, सोमबार १५:३९
दलसिंह कुमाल/ कालिकोट । मानिस जन्मँदा ऊसँग कुनै जात हुँदैन, कुनै विभाजन हुँदैन, कुनै उच्च नीचको भावना हुँदैन। उसको आँखामा केवल निर्दोष सम्भावना हुन्छ, अनुहारमा निष्कपट मुस्कान हुन्छ र जीवनप्रतिको असीम सम्भावना हुन्छ। तर समाजले विस्तारै उसको वरिपरि पहिचानका यस्ता पर्खालहरू निर्माण गर्न थाल्छ, जसले उसलाई मानिसभन्दा पहिले जात, धर्म, […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.