सेनामा झण्डै २८ सयका लागि खुल्यो जागिर, न्यूनतम योग्यता ८ पास (विज्ञापनसहित)

डोरखबर समाचारदाता   ।   २०८१ कार्तिक ३०, शुक्रबार ११:३३

डोरखबर/काठमाडौं : नेपाली सेनामा ठूलो संख्यामा जागिर खुलेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले ठूलो संख्यामा नेपाली सेनामा सैन्य तथा विभिन्न ट्रेडका लागि दरखास्त आह्वान गरेको हो।

जंगी अड्डाका अनुसार २ हजार ५ सय १० जना सैन्यको माग भएको छ। यसैगरी कुचिकार लोहार केशकर्तक बकासी लगायतका विभिन्न पदका लागि १२५ जनाले जागिर पाउने भएका छन्। यसैगरी  प्राड/ प्राविधक/ हवाइ र विविध सेवाका अधिकृत ११९ जना मागिएको छ। जसमा समाचार सम्पादक, बाचक लाइब्रेरियन लगायत छन्।

सैन्य पदका लागि कक्षा ८ पास गरेको भए पुग्ने छ। दरखास्त दिने अन्तिम म्याद मंसिर २९ सम्म तोकिएको छ। दोब्बर दस्तुर बुझाई पुस ६ गतेसम्म दरखास्त दिन सकिने नेपाली सेनाले जनाएको छ।                                                                                                                  थाहा खबरमा छ

हेर्नुहोस् विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१५ महिनादेखि एकल महिला भत्ता पाउनबाट वञ्चित

२०८१ कार्तिक ३०, शुक्रबार ११:३३
डोरखबर /कालिकोट कात्तिक ३० । नरहरिनाथ गाउँपालिक–९,लालुकी ५७ वर्षीया अविन्दा शाहीले विगत १५ महिनादेखि ’एकल महिला’ सामाजिक सुरक्षा भत्ता पाएकी छैनन । गाउँपालिकाले २०८० साउन महिनादेखि हालसम्मको १५ महिना पुग्दा पनि सामाजिक सुरक्षा भत्ता नविकरण नभएको भन्दै गाउँपालिकाको लापरवाहीले नदिएको गुनासो गरेकि हुन । नरहरिनाथ गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारिको गैरजिम्मेवारीका […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.