१५ महिनादेखि एकल महिला भत्ता पाउनबाट वञ्चित

डोरखबर समाचारदाता   ।   २०८१ कार्तिक ३०, शुक्रबार ११:४७

डोरखबर /कालिकोट कात्तिक ३० । नरहरिनाथ गाउँपालिक–९,लालुकी ५७ वर्षीया अविन्दा शाहीले विगत १५ महिनादेखि ’एकल महिला’ सामाजिक सुरक्षा भत्ता पाएकी छैनन ।
गाउँपालिकाले २०८० साउन महिनादेखि हालसम्मको १५ महिना पुग्दा पनि सामाजिक सुरक्षा भत्ता नविकरण नभएको भन्दै गाउँपालिकाको लापरवाहीले नदिएको गुनासो गरेकि हुन ।
नरहरिनाथ गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारिको गैरजिम्मेवारीका कारण आफूमात्रै नभएर अरु धेरैले समाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएको पीडित शााहीले गुनासो गरेकी छन ।
२०७१ सालमा पतिको मृत्यु भएपछि लगातार एकल महिला समाजिक सुरक्षा भत्ता बुझ्दै आएको भए पनि एक वर्ष अगाडिबाट रोकेका कारणले पारिवारिक समस्या समाधान गर्न कठिनाइ भइरहेको छ ।
यस सम्बन्धमा नररिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले गत आर्थिक वर्ष वडामा नविकरण नभएको तथा खाता नपाएका कारणले उपलब्ध गराउन नसकिएको र यो आर्थिक वर्षसम्ममा छिट्टै उपलब्ध गराइने उहाँले बताए ।
नेपालको संविधान २०७२ को धारा ४३ मा आर्थिक रुपले विपन्न, अशक्त, र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुन बमोजिम सामाजिक सुरक्षाको हक हुने उल्लेख गरिएको छ ।
यसका वारेमा नरहरिनाथ गाउँपालिका–९ का वडाध्यक्ष प्रदिप बोहोराले पीडित शाहीसँग राष्ट्रिय परिचय–पत्र नभएका कारण गत आर्थिक बर्षको भत्ता नपाएको र यो साउनमा नविकरण भएकाले पाउने प्रतिक्रयादिनु भयो ।
संविधानको सोही धारा अनुरुप स्थानीय सरकारले गाउँपालिकाभित्रका एकल महिलालाई सामाजिक सुरक्षा कार्यक्रममा जोड्ने व्यवस्था भए पनि नरहरिनाथ गाउँपालिक–९, लालुकी ५७ वर्षीया अविन्दा शाहीले विगत एक वर्षदेखि एकल महिला सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएकिछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तिलागुफा–४ को वडाध्यक्षका लागि ६ जनाको भिडन्त

२०८१ कार्तिक ३०, शुक्रबार ११:४७
डोरखबर/कालिकोट । यहाँ जिल्लाको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष पदका लागि ६ जनाको भिडन्त हुने भएको छ । नेपाली कांग्रेसबाट पैलबहादुर शाही, नेकपा (एमाले)बाट ऐनबहादुर शाही,माओवादी केन्द्रबाट नौशोभा शाही,नेमकिपाबाट खड्कराज शाही,रास्वपाबाट गगन बम र राप्रपाबाट गोगनबहादुर शाहीकोे उम्मेदवारी आइतबार दर्ता भएको कालिकोटका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिएका छन् । […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.