डोरखबर/कालिकोट । यहाँ जिल्लाको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष पदका लागि ६ जनाको भिडन्त हुने भएको छ । नेपाली कांग्रेसबाट पैलबहादुर शाही, नेकपा (एमाले)बाट ऐनबहादुर शाही,माओवादी केन्द्रबाट नौशोभा शाही,नेमकिपाबाट खड्कराज शाही,रास्वपाबाट गगन बम र राप्रपाबाट गोगनबहादुर शाहीकोे उम्मेदवारी आइतबार दर्ता भएको कालिकोटका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिएका छन् ।
तिलागुफा नपा–४ राचुलिमा २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित परबहादुर शाही सोहि वर्षको असोज २३ गते राँचुलीमा आएको खोलाको बाढीमा परी बेपत्ता भएका थिए ।
सोही वडामा ३ जना एमालेका र १ जना सदस्य काग्रेसबाट निर्वाचि रहेका छन ।
यो उप चुनावमा मुख्य चार पार्टिको कडा प्रतिस्पर्ध हुने भएपनि छ जना चुनावि मैदानमा होमिएका छन ।





