सप्तरीमा एकजना कोरोना संक्रमितको मृत्यु

खबरखोज सम्वाददाता   ।   २०७७ आश्विन २३, शुक्रबार १२:५९

२३ असोज, सप्तरी । सप्तरीमा थप एकजना कोरोना सन्क्रमितको मृत्यु भएको छ। डाक्नेश्वरी नगरपालिका वडानम्बर ४ निवासी ६७ वर्षीय पुरूषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

ज्वरो र रूघाखोकी लागेपछि यही असोज १८ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका उनको सोही दिन स्वाब संकलन गरिएको थियो । २१ गते उनको रिपोर्ट पोजिटिभ आयो ।

बिहीबार श्वासप्रश्वासमा समस्या देखिएपछि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर गरिएको थियो । धरानतर्फ जाने क्रममा बाटोमै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डां रंजित झाले जानकारी दिए ।

मृतक पुरुषमा निमोनियासमेत देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ

२०७७ आश्विन २३, शुक्रबार १२:५९
२३ असोज, काठमाडौं । धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन् । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई पक्राउ गरेको हो । जिल्लाका डीएसपी लोकनाथ तिम्सिनाका अनुसार बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए । जनप्रतिनिधिलाई त्यसलाई रोक्न भनेपछि भण्डारीले […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.