कांग्रेस कालिकोटमा प्रतिनिधिसभा उम्मेदवार दुइ समूहको छुट्टा छुट्टै सिफारिस

डाेरखबर समाचारदाता   ।   २०८२ मंसिर २९, आईतवार १४:२१

कालिकोट। नेपाली कांग्रेस कालीकोटमा प्रतिनिधि उम्मेदवार सिफारिसमा विवाद भएपछि दुइ समुहको छुट्टा छुट्टै सिफारिस भएको छ ।
सभापति अम्बबहादु शाहीले बैठक स्थगित गरेर राति सिफारिस गरेको भन्दै उपसभापति मीनबहादुर बोगटी समूहले पनि छुट्टै नाम सिफारिस गरेका हुन ।


सभापति शाहीले आफूसहित युवा नेता भुपेन्द्रजंग शाही र सीता रावलको नाम सिफारिस गरेका छन् । शाहीले यही मंसिर २६ गतेको मितिमा आकांक्षी उम्मेदवार सिफारिस गरेका थिए । त्यसको भोलिपल्ट शनिबार उपसहभापति बोगटीले छुट्टै नाम सिफारिस गरेका छन् ।


उपसभापति बोगटीले प्रतिनिधि सभातर्फका लागि हर्षबहादुर बम, नारायणप्रसाद भट्टराई, दमनराज बम, केशर जंग बम र जीवन सुवेदीको नाम सिफारिस गरेका छन् । यी नाम सभापतिले सिफारिस गरेको सूचीमा छैनन् ।
यस्तै समानुपातिकतर्फ कालीबहादुर सहकारी, मुक्तिप्रसाद न्यौपाने, भावनाकुमारी शाही, छाया सुनार, भरत विक सिफारिस भएका छन् । राष्ट्रिय सभातर्फ विष्णुबहादुर शाही दानबहादुर बमको नाम सिफारिस गरिएको छ ।


आइतबार विहान उपसभापति मिन बहादुर बोगटी,पूर्व सभापति हर्शबहादुर बम,नेता नारायण भट्टराइ,दमनराज बम,दानबहादुर बम,नरेश बम,मथुरा जैसि,अमलराज शाही,पूर्णबहादुर सिंह लगाएतका नेताहरुले पत्रकार सम्मेलन गरेर सभापति अम्ममबहादुर शाही लगाएतले विधि र विधान मिचेको आरोप लगाएका छन ।
पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्ति अनुसरा सभापति शाहीले पार्टीको विधि र विधान मिचेर मनोमानि नेता कार्यकर्ताको भावना विपरित सिफारिस गरेको आरोप लगाइएको छ । विज्ञप्तिमा काठमाण्डौ,ब्यैलोर भएका पदाधिकारीको किर्ते हस्ताक्षर गरेर बहुमत पुगाइएको वताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले महाधिवेशन : यस्तो छ उम्मेदवारको अन्तिम नामावली (सूची)

२०८२ मंसिर २९, आईतवार १४:२१
काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ । केन्द्रीय निर्वाचन आयोगले मनोनयन भएका नामहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो । आयोगका अनुसार, आज मतदान हुँदैछ । मतदानको समय दिउँसो १२ बजेका लागि तोकिएको भए पनि प्राविधिक पक्ष मिलाउन पर्ने हुँदा केहीबेर ढिलो सुरु […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.