काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले मनोनयन भएका नामहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो ।
आयोगका अनुसार, आज मतदान हुँदैछ । मतदानको समय दिउँसो १२ बजेका लागि तोकिएको भए पनि प्राविधिक पक्ष मिलाउन पर्ने हुँदा केहीबेर ढिलो सुरु हुने बताइएको छ ।
नयाँ कार्यतालिका सार्वजनिक भने भइसकेको छैन ।





