गाउँपालिका उपाध्यक्षमा शुसिला गिरिको माग

खबरखाेज समाचारदाता   ।   २०७९ बैशाख ९, शुक्रबार १४:५५

खबरखोज समाचारदाता/ कालिकोट । सापन्नित्रिवेणी गाउँपालिका उपाध्यक्षमा नेपाली काग्रेसकी युवा नेतृ शुसिला गिरिको माग वढेको छ । स्थानीय काग्रेस कार्यकर्ताहरुले गाउँपालिका उपाध्यक्षमा लोकप्रिय जनताको मन मुटुमा वस्न सफल नेतृ शुसिलाले टिकट नपाए पार्टिले हार्ने बताएका छन् । पार्टीलाई प्रत्येक वडामा जिताउन गिरिको उम्मेदावारी अनिवारे रहेको स्थानीय युवा सिबराज बमले वताए । यस्तै महिला,दलितका अधिकारहरुको शुनिष्चित गर्न नेतृ गिरिलाई उपाध्यक्षमा पार्टीले टिकट दिनुपर्ने स्थानीय रामप्यारी विश्वकर्माले वताइन । साथै उनले शुसिला बाहेक अरुले टिकट पाएमा पार्टिको हार हुने समेत ठोकुवा गरिन ।
शंकर माबि रकुमा कक्षा ४ बाट विद्यार्थी राजनीति शुरु गरेकी गिरी नेबिसंघ निर्वाचित केन्द्रिय सदस्य भइसकेकी छन् । पार्टीमा प्रदेश महाधिवेशन प्रतिनिधि प्रदेश कार्य समितिमा अत्याधिक मतान्तरले निर्वाचित शुसिला हाल कर्णाली प्रदेश सुभइच्छुक सस्था समन्वय बिभाग प्रमुख रहेकी छन् ।

समग्र महिला तथा विद्यार्थी हकहितका लागि स्कुल ,कलेज देखि बालुवाटार हुदैँ सडक आन्दाेलनकाे अग्र पङ्तिमा रहदैँ आएकी नेतृ गिरिले नेपाली कांग्रेस सत्तामा होस् या प्रतिपक्षमा होस आफ्नो पराई नभनि सरकारले गरेका गलत कदमका विरुद्ध सधै ध्यानाकर्षण गर्दैआएको हुनाले आफु सवै जनताका विचमा लोकप्रिय भएको दावि गरेकी छन् । गिरी सान्नीत्रीवेणी गापा उपाध्यक्षमा सिफारिस भएकी छन्।

 

Open photo

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रास्कोट नगरपालिका मेयरका उम्मेदवार सिम्खडाले सार्वजनिक गरेको घोषणापत्र (पूर्णपाठ)

२०७९ बैशाख ९, शुक्रबार १४:५५
९ बैशाख, कालीकोट । नेकपा एमालेबाट रास्कोट नगरपालिका का उम्मेदवार दयाराम सिम्खाडाले आफ्नो चुनावी घोषणा पत्र तथा प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्। शुक्रवार सदरमुकाम मान्ममा पत्रकार सम्मेलन गर्र्दै रास्कोट नगरपालिकालाई विकास र समृद्ध गर्न आफ्नो चुनावी घोषणा पत्र पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन्। घोषणापत्रमा सडक कालोपत्रे देखी रोजगारी सिर्जना […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.